अनेसास डिसी मेट्रो च्याप्टरले लक्ष्मीजयन्ती मनाउदै

अनेसास डिसी मेट्रो च्याप्टरले लक्ष्मीजयन्ती मनाउदै
समाचारदाता

अनेसास डिसी मेट्रो च्याप्टरले २६ नोभेम्बर २०२२ शनिवार लक्ष्मीजयन्ती मनाउने भएको छ । च्याप्टरका महासचिव र कार्यवाहक अध्यक्षले उपस्थितिको लागि निम्ता गरेका छन् ।
(विस्तृत निमन्त्रणा)
विश्वभर छरिएर रहेका नेपाली स्रष्टाहरूको प्रतिनिधिमूलक छाता संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) डीसी मेट्रो च्याप्टरको आयोजना र नेपाली अमेरिकन सामुदायिक केन्द्र ( NACC ) को सहभागितामा उल्लिखित मिति, समय र स्थानमा ११४ औं लक्ष्मीजयन्ती तथा कवितावाचन कार्यक्रमको आयोजना गरिएको हुँदा डीसी मेट्रो क्षेत्रमा रहनुहुने सम्पूर्ण साहित्यप्रेमी आदरणीय महानुभावहरूलाई उपस्थितिका निमित्त सादर निमन्त्रणा गर्दछौं ।
कार्यक्रम
मिति :~ २६ नोभेम्बर २०२२ शनिवार
समय :~ मध्याह्न १२.३० देखि ४.३० सम्म
स्थान :~ Central Library
1015 N Quincy St
Arlington VA 22201
महासचिव
नीलकण्ठ सुवेदी
का.वा. अध्यक्ष
कविन्द्र सिटौला

प्रतिकृया दिनुहोस्