(अनुवाद कविता ) रहनु वा नरहनु, प्रश्न त्यति नै हो                – विलियम शेक्सपियर  (अनुवादक : डा. रुपक श्रेष्ठ)
  •  

    (अनुवाद कविता )

    रहनु वा नरहनु, प्रश्न त्यति नै हो        

         
     – विलियम शेक्सपियर 
    (अनुवादक : डा. रुपक श्रेष्ठ)

     

    हो,
    रहनु वा नरहनु, प्रश्न त्यति नै हो भद्रता देखाएर 
    फाँसीको फन्दामा लत्रिएर 
    अनगिन्ति तीरहरु सहेर 
    अपमानित र प्रताडित भएर बाँच्नु 
    वा 
    यो भवसागर दु:खको बिरुद्दमा हतियार उठाउनु ?
    सिध्याऊँ प्रतिरोधमा तिनीहरुलाई ? 

    मार्नु भनेको मर्नु हो, 
    निदाउनु अर्थात नरहनु हो; 
    अनि निदाउनु भनेको आफू सँगसँगै 
    मनका हजारौँ
    पिडा र कष्टहरुको अन्त्य गर्नु पनि हो 
    यो शरीर नष्ट हुनकै लागि हो,
    नष्ट हुनु नै धर्म हो यसको 
    मर्नकै लागि, निदाउनकै लागि बनेको यो
    निदाउनु: सपनाको सम्भावना पनि हो

    सपना संघर्ष पनि हो;
    अनि चीरनिद्रामा के सपना देख्न खोज्नु 
    बरु
    यस मृत्युचक्रलाई लतारेर गएपछि 
    एकछिन त सुस्ताउन सकिएला
    त्यहिँ नै सम्मान होला बरु 
    यो आत्मा र जिन्दगीको ! 

    ( ह्याम्लेट (अँक: ३, दृश्य: १, हरफ: ५६-७०)

    ( अनुवादक अनेसासको केन्द्रीय सल्लाहकार हुनुहुन्छ )

     
     
     
प्रतिकृया दिनुहोस्