गजल  -पवन लामिछाने

पवन लामिछानेको चर्तित गजल

 

 

देख्नेलाई मात्र झोल, हुन्छ बोत्तलभित्र

बुझ्नेलाई पुरै भूगोल, हुन्छ बोत्तलभित्र

 

जति सुकै कडा बनोस् कानुन- मदिराको

हुने बेला सिंगो टोल, हुन्छ बोत्तलभित्र

 

आत्महत्या गर्नु पहिले तिमीले यो चाख्नु

बाँचू-बाँचू लाग्ने माहोल, हुन्छ बोत्तलभित्र

 

मैले छोड्न नसक्नुको कारण यहि त हो

प्रियासँग बोला-बोल, हुन्छ बोत्तलभित्र

 

को धनी को गरिब आखिर लानु के छ ?

हरेक जीवन अनमोल, हुन्छ बोत्तलभित्र ।

 

#-पवन लामिछाने

टेक्सास, अमेरिका

प्रतिकृया दिनुहोस्