(कविता)    पानीका छाल र मनका छाल     —नम्रता गुरागाईं

(कविता)

पानीका छाल र मनका छाल

—नम्रता गुरागाईं

 

पानीका छालजस्तै

मनका छालपनि उठदै, बस्दै गर्छन

ठोकिंदै, फर्कदै गर्छन

पानीको छालले हुत्याउदै किनारमा ल्याएको अथाह वस्तुजस्तै

मनको छाललेपनि

जीवनका बग्रेल्ती सम्झनालाई हुत्याउदै आंखामा ल्याउंछ

पानीको छालले ल्याएका वस्तुहरु देखिन्छन

तर मनको छालले ल्याएका सम्झनाहरु देखिदैनन

मात्र आफैभित्र अनुभूत हुन्छन

आफैंभित्र सिमित भएरै होला

पानीको छालभन्दा कयौं गुना शक्तिशाली हुन्छन मनका छालहरु

कहिलेकाहिं त लाग्छ

पानीको छालजस्तै मनका छालहरुपनि

अरुले देख्नेगरी हुत्तिनुनी

आफूबाट पर परसम्म !

किन झनझन कसिएर आफैभित्र बसेका होलान हगी ?

 

# अमेरिका

 

 

 

प्रतिकृया दिनुहोस्