कविता  भग्नावेशमाथि टोलाएको परेवा   # सुशील नेपाल

(बोस्टनका कवि , अनेसास बोस्टन च्याप्टर उपाध्यक्ष, राजमित्र प्रज्ञा-प्रतिष्ठानका संरक्षक सुशील नेपालको नेपालमा ‍शुक्रवार सार्वजनिक हुन लागेको कविताकृति ‘ भग्नावेशमाथि टोलाएको परेवा ; बाट साभार)

 

भग्नावेशमाथि टोलाएको परेवा 

# सुशील नेपाल

 

एउटा परेवा निशव्द, चूपचाप टोलाएको छ,

न हल, न चल, यता उता हेर्छ

तल हेर्छ- छक्क पर्छ,

हिजो सम्म यहीं निर कोलाहल हुने गर्थो,

चामल छरिन्थे, आगन्तुक रमाउथे,

केटाकेटी उफ्रन्ते,

तर आज- धरोहरहरू छरपस्ट छरिएका छन् ,

मौनता यति भयलाग्दो छ कि

– पखेटा फरफराउदा पनि वातवरण आतंकीत हुन्छ

– मान्छेका लासहरू विस्कुन सुकाएझै

– मानौं निमग्न सुतेका छन्

– त्यो धरती कम्पनको त्रासदीले

चराचरको साम्राज्यमा परेको चोटले

त्यो टोलाएको परेवालाई निशब्द बनाएको छ,!

मन त मनै हो मान्छेको होस वा परेवाको,

धडकनको स्पन्दनको महशुस गर्ने असहजता बिच

– भग्नावशेषमाथि टोलाएको छ परेवा ।!

 

ऊ सोच्छ- हिजो सम्म यहां मान्छे आउथे,

चामल छर्थे

म उनमुक्त भएर दाना टिप्थे

रमाईलो लाग्थो – ढुकुर ढुकुर गर्दै ,

प्रेयसीसंग प्रेम -क्रीडा गर्थे,

बस्तुगत हुन्थो मेरो यथार्त प्रेम,

स्थूल थिएन त्यो लुकेर गर्नु पर्ने,

कहाँ गए ती मानिस, ती पौंण ती तन्नेरी,

ती भुराहरु ?- यो लासहरूका बिच म के गुनगनाउँ?

यो अबसाद्को मलम कहाँ छ ?- देवालय,

जहाँ म कैले गुण लगाएर ओत बस्थें

– ती भताभुंग छन् ।

 

मौनतामा कहाली लाग्दो गर्जन छ

– दु:खको र पीडाको- ती आगन्तुकहरू पृथ्वीको

आबेगको अंकमालमा चूपचाप समाहित् भएछन्,

भन्छ परेवा र, फेरि- झोक्राएर,

त्यो भग्नावशेष बाट कतै उडी दिन्छ

– मुटुमा दुख समाहित् गरेर् ।

( साभार) 

प्रतिकृया दिनुहोस्