रहेनन् साहित्यकार कृष्ण जोशी

काठमाडौं : साहित्यकार कृष्ण जेशीको निधन भएको छ । सामान्य विरामी भएर प्रदर्शनीमार्गस्थित मोडल अस्पताल भर्ना भएका जोशीको सोमबार राति निधन भएको कवि प्रधुम्न जोशीले जानकारी दिए ।

 

८३  वर्षीय जोशी सरकारी सेवाबाट अवकासप्राप्त थिए । उनी उपन्यास,कविता र गीत लेखनमा प्रतिष्ठित थिए । प्रशासनिक विषयमा समेत जोशीले पुस्तक लेखेका छन् । 

 

जोशीका चार छोरा र एक श्रीमती छन् । जोशीको आज बिहान ११ बजे अन्तिम संस्कार गरिने भएको छ । 

प्रतिकृया दिनुहोस्