(कविता)  जल्नेहरु यसरी जले ….   # डा. सुशील ताम्राकार

जल्नेहरु यसरी जले ….

# डा. सुशील ताम्राकार

 

जल्नेहरु यसरी जले
कोही आगो भै जले
कोही धागो झैँ जले ।

यत्रतत्र जले, सर्बत्र जले
अस्वीकृत प्रेमको
प्रेम पत्र झैं जले ।

कहानीमा जले,
जवानीमा जले
रातको के कुरा? बिहानी मै जले ।
 

रीसले जले,
इषले जले,
सबै नीलकण्ठ कहाँ हुन्छन्? बिषले जले ।
 

नामले जले ,
कामले जले,
पत्थरका मान्छेहरु घामले जले ।

जल्नेहरु  यसरी जले……
 
कोही आगो भै जले
कोही धागो झैँ जले ।

प्रतिकृया दिनुहोस्