डा.अर्जुनदेव भट्टको दुई कृति लोकार्पण

काठमाडौंः २०७९ माघ ८ गते आइतवार वरिष्ठ युरोलोजिष्ट प्रा.डा अर्जुनदेव भट्टद्वारा लिखित दुईवटा पुस्तक सार्वजनिक गरिएको छ।

काठमाडौंको धुम्बराहीस्थित होटल आकामा मा आइताबार दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषद्धारा आयोजित कार्यक्रममा भट्टका मानव स्वास्थ्य सम्बन्धी ‘डाक्टरको द्विविधा’ र मूत्र र ‘जननेन्द्रियप्रणाली रोग,निदान तथा उपचार’ लोकार्पण गरिएको छ । यी दुई पुस्तकहरूलाई युरोलोजिष्ट डा.उत्तम शर्मा,साहित्यकारहरु कलानिधी दाहाल,डा.दामोदर पुडासैनी, हरिभक्त सिक्देल (महेश) र उक्त पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका थिए । 

डाक्टरको द्विविधा पुस्तकमाथिका बारेमा चर्चा गर्दै साहित्यकार कलानिधी दाहालले यस पुस्तकमा नेपाली समाजमा स्वास्थ्यप्रतिको बुझाइलाई समेटिएको बताए । उनले अहिलेसम्म कायम रहेको स्वास्थ्यसम्बन्धी अन्धविश्वास (जंगली मनोविज्ञान) र त्यसले पारिरहेको असरबारे पनि पुस्तकमा प्रष्ट पारिएको बताए । बिरामीलाई अस्पता भर्ना भइसकेपछि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया र व्यवहार बारे जानकारी दिइएको यो पुस्तकलाई स्वास्थ्यकमीहरुले मार्गदर्शकका रुपमा लिनुपर्नेमा जोड दिए । साहित्यकारहरुले चिकित्सा क्षेत्रमा भएका प्रतिबिम्वहरुलाई बुझनका लागि यो पुस्तक उपयुक्त हुने उनको भनाइ छ । 

यस्तै, डा.दामोदर पुडासैनीले भट्टद्वारा लिखित ‘जननेन्द्रियप्रणाली रोग,निदान तथा उपचार’ माथि चर्चा गरेका छन् । हरेक बिरामीलाई डा. उपलब्ध कठिन रहेको भन्दै त्यसकिसिमको समस्याको समाधानका लागि डा.भट्टको यो पुस्तक उपयुक्त भएको दाबी गरे । उनले यो पुस्तक पढेर हरेक मानिसले आफ्नो स्वास्थ्य सम्बन्धी समस्या थाहा पाउनका साथै उपचारका लागि पनि सहयोग मिल्ने बताए । नेपालका मात्रै नभएर विश्वभरका मानिसहरु मूत्र र यौनसम्बन्धी रोगका बारेमा जानकारी गराउन लजाउने र डराउने बताउँदै उनले यस पुस्तकले त्यस्ता समस्या सार्वजनिक गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा बोल्दै युरोलोजिष्ट डा.उत्तम शर्माले डा.भट्टको यी पुस्तक हरेक नेपालीलाई स्वास्थ्यको गाइडका रुपमा रहेको बताए । एकदमै सरल सबैले बुझ्न सक्ने भाषामा स्वास्थ्य सम्बन्धी विषयलाई समेटिएको यो पुस्तक आमजनताका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । सरकारले विज्ञ तथा अनुभवि डाक्टर,स्वास्थ्यकर्मीका अनुभवको उचित व्यवस्थापन गरी हरेक जनतालाई स्वास्थ्यसम्बन्धी सचेत गराउनुपर्नेमा जोड दिए । साथै उनले आगामी दिनमा स्वास्थ्य सम्बन्धी आफ्नो अनुभव समेटेर पुस्तक प्रकाशन गर्ने लक्षय रहेको बताए । 

पुस्तकका लेखक डा भट्टले आफ्नो ५० वर्षे स्वास्थ्य अनुभवलाई पुस्तकमा समेटेको भन्दै यो हरेक मानिसहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि देशको व्यवस्था नै परिवर्तन हुनुपर्ने बताए । 

नेपालीहरुमा आफ्नो देशको भन्दा विदेशको स्वास्थ्य सेवाप्रति विश्वास गर्ने परिपार्टी रहेको बताउँदै उनले यस्तो नकारात्मक सोचलाई सबैले त्यागेर स्वास्थ्य क्षेत्रलाई मजबुद बनाउनमा हातेमालो गर्नुपर्नेमा जोड दिए । 

 ‘जननेन्द्रियप्रणाली रोग,निदान तथा उपचार’ कृतिका सम्पादक रमेश दाहाललाई यस कृतिका विषयमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो- २७६ पृष्ठ रहेको यस पुस्तकमा प्रा. डा. अर्जुनदेव भट्टले आम मानिसलाई लक्षित गरी मूत्र र जननेन्द्रियप्रणालीसम्बन्धी रोगको निदान तथा उपचारबारे सर्वसाधारणले समेत बुझ्ने गरी सरल भाषामा छर्लङ्ग पार्नुभएको छ । नेपालका विकट ठाउँहरुमा स्वास्थ्यसेवाको पहुँच अझै पुग्न नसकेको र पुगे तापनि अनुभवी चिकित्सकहरुको अभावमा बिरामीहरुले भोग्नुपरेका समस्यालाई यस पुस्तकले मूत्र र जननेन्द्रियसम्बन्धी रोगको निदान तथा उपचारका बारेमा स्वयं बिरामी, चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरुका लागि पनि पर्याप्त ज्ञान दिलाउने कुरामा म विश्वस्त छु । आफूमा आइपरेका मूत्र तथा यौनरोगका विषयमा खुलस्त व्यक्त गर्न नसकिरहेका महिला दिदीबहिनीहरुका लागि पनि प्रस्तुत पुस्तक रोग निदान तथा उपचारका लागि उपयोगी हुनेछ । स्वास्थ्य विज्ञानका विषयमा जानकारीमूलक महत्त्वपूर्ण कृतिका रुपमा लिएको छु ।

साहित्यकार,चिकित्सक,विभिन्न संघसंस्थाका व्यक्तिहरु उपस्थित रहेको उक्त कार्यक्रमको सभाध्यक्ष डा.दामोदर पुडासैनी थिए भने साहित्यकार भैरवी भूगोलले कार्यक्रमको सञ्चालन गरेकी थिइन् । 

फोटो साभार : खुलामन्च

प्रतिकृया दिनुहोस्