“कालीभक्त पन्त नेपाली लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार-२०७९” कुमार बस्नेतलाई ।

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले मिति २०७९-११-०६ मा कालीभक्त पन्तको एकतिसौँ स्मृति दिवस पारेर कालीभक्त पन्त नेपाली लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार-२०७९ बरिष्ठ लोक गायक कुमार बस्नेतलाई दिने घोषणा गरको छ ।


उक्त कार्यक्रम फलेवास नगरपालिका –६ स्थित प्रतिष्ठानको भवनमा सम्पन्न भएको थियो ।


प्रतिष्ठनका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको अध्यक्षता र फलेवास न. पा.का उपमेयर श्री शोभा क्षेत्रीको आतित्थ्यमा भएको कार्यक्रममा स्व. कालीभक्त, स्व. कृष्णा पन्त तथा स्व. दुर्गादवी पन्त पाण्डेका नाममा स्थापित विभिन्न छात्रवृत्तिहरु वितरण गरिएको थियो ।


प्रतिष्ठानको कार्यसमितिको निर्णयानुसार यस वर्ष २०७९ का लागि कालीभक्त नेपाली कालीभक्त पन्त नेपाली लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रसिद्ध लोक गायक कुमार बस्नेतलाई प्रदान गर्ने घोषणा गरिएको हो ।


नेपालमा रू १,०१,०००।– (विदेशमा १००१ अमेरिकि डलर) राशी र सम्मानपत्रसहितको उक्त पुरस्कार यस अघि सत्यमोहन जोशी– (२०७५), कृष्ण कँडेल– (२०७६), तुलसी दिवस– (२०७७) र प्रा.डा. चूडामणि बन्धु– (२०७८) लाई प्रदान गरिएको थियो ।

उक्त पुरस्कारका संस्थापक कालीभक्त पन्तका साहिँला छोरा-बुहारी गोविन्दप्रसाद पन्त र उर्मिलादेवी पन्त हुनुहुन्छ भने पुरस्कारको अन्तर्राष्ट्रिय समितिका संयोजक साहित्यकार महेश्वर पन्त हुनुहुन्छ ।


उक्त पुरस्कार २०७९-११-१५ गते काठमाडौंमा विषेश समारोह आयोजना गरी प्रदान गरिने संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्