प्रकाश ‘माइला’ को ‘साइकलमा सल बेरियो’

अनेसास केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को शब्द तथा वसन्त र अस्मिताको कर्णप्रिय स्वर रहेको ‘साइकलमा’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियो गायक तथा सङ्गीतकार बसन्त थापाको युट्युब च्यानलमार्फत सार्वजकिन गरिएको हो ।

लामो समय देखी जापानमा रहेर साहित्यसेवामा समर्पित पौडेलको शब्दमा गायक बसन्त थापा र गायिका अस्मिता अधिकारीले स्वर भरेका छन् भने सङ्गीत संयोजन तथा लय समेत बसन्त थापाकै रहेको छ ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीको प्रखर अभिनय देख्न सकिन्छ । पौडेलले गीतमा गाउँले परिवेशलाई सचित्र उभ्याउने कोसिस गरेका छन् ।

साइकल, मिल, सल, चौलानी, पराल, भर्याङ्ग, कुलो, इनारजस्ता बिम्बहरुलाई उनले गाउँले प्रेमसँग जोडेका छन् । गीतको म्युजिक भिडियोमा समेत सोही भावलाई उतार्न कोरियोग्राफ तथा निर्देशक मौसम हिमाली सफल देखिएका छन् ।

अत्यन्त सफल छायाकार राजेश घिमिरेले क्यामरामा जादु चलाउँदा सम्पादनमा विकाश ज्ञवाली जमेका छन ।

गीतका रहेको शब्द संयोजन तथा शब्दको भावनजिक रहेर गरिएको भिडियो संयोजन स्रोतालाई आफ्नो किशोर तथा युवाकालको रुमानी सम्झनामा पुर्याउन गीत सक्षम देखिन्छ ।

गीतको लिङ्क यस प्रकार छ !

प्रतिकृया दिनुहोस्