“निरमाया“ को पहिलो अन्तर्राष्ट्रिय प्रर्दशनको तयारी जापानबाट

-तारा अधिकारी (निकेशा)

मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा निर्मित नेपाली सामाजिक चलचित्र “निरमाया“ को पहिलो अन्तर्राष्ट्रिय प्रर्दशनको तयारी जापानबाट शुरू हुन लागेको छ ।

एनोदर चान्स नेपालको प्रस्तुति तथा एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा यस चलचित्रको प्रदर्शनी गर्न लागिएको हो ।

परिवर्तन आफै वाट सुरु गरौ,समाज स्वत बद्लिने छ!! भन्ने मूलनाराका बोकेर जातीय विभेदको विषयमा आधारित यस चलचित्रको प्रस्तुतकर्ता अनन्त तिमल्सिना हुन् भने निर्देशक रमेश कोइराला हुन् ।

कार्यकारी निर्माता महेश तिमिल्सिना र निर्माता रमेश दाहाल तथा रोजा तिमिल्सिना रहेको निरमाया चलचित्रमा कलाकारहरू रमेश बुढाथोकी, लय संग्रौला र नायक अजित लामिछाने जस्ता कलाकारहरूले अभिनय गर्नु भएको छ ।

चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछूतको विषय समेटिएको छ । समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उँचनिचको भेदभाव निर्मूल पार्नुपर्नेजस्ता विषयलाई चलचित्रमा देखाइएको छ ।

प्रतिकृया दिनुहोस्