अनेसास डेनमार्कले गऱ्यो ‘साइग्रेससँग शब्द यात्रा’

डेन्मार्क।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरले क्रियटिभ नेप्लिज वुमन इन डेनमार्कसँगको सहकार्यमा ‘साइग्रेससँग शब्द यात्रा’ कार्यक्रम गत शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ।

डेनमार्कस्थित नेपाली दूतावासका राजदूत प्रा. डा. रामस्वार्थ राय तथा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति एवं सुप्रसिद्ध चित्रकार रागिनी उपाध्याय ग्रेलाको विशेष उपस्थिति रहेको कार्यक्रममा स्थानीय साहित्यकारहरूले आ-आफ्ना रचना वाचन गरे भने स्थानीय कलाकारहरुले गीत, नृत्य प्रस्तुत गरे।

दर्शक, श्रोताको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा अनेसासकी यूरोप क्षेत्रीय उपाध्यक्ष सीता बराल, एनआरएनए डेनमार्कका अध्यक्ष एवं अनेसासका आजिवन सदस्य शैलेन्द्र अधिकारी(शैलु) लगायतको गरिमामय उपस्थिति र अभिभावकत्वले हौसला थपेको आयोजकले बताए ।

सत्यघटना, ऐतिहासिक र रोचक कथाहरू वाचन गरेर श्रोताको मन जित्दै आएका साइग्रेस पोखरेल पछिल्लो समय युवा पुस्तामा निकै रुचाइएको नाम हो । विभिन्न देशका विभिन्न सहरमा पुगेर दर्शक, श्रोतासँग साक्षात्कार गर्ने सिलसिलामा शब्दहरुको भ्रमण (वर्ड् टूर) अन्तर्गत साइग्रेसले स्पेनदेखि कोपनहेगनसम्म पुगेर प्रेरक मन्तव्य सहित कथा वाचन गरेका हुन् ।

केही बर्ष डेनमार्क बसेर अध्ययन गरेका उनले यसपटक कार्यक्रम लिएर आउँदा पुराना साथीहरूसँग भेट्न पनि पाएकाले झन रमाइलो लागेको सुनाउँदै भने- घर फर्केर आए जस्तो पनि लागेको छ, र अन्त भन्दा आत्मीय मान्छेहरुका अगाडी बोल्दा हल्का ‘नर्भस’ पनि छु।

सहभागीहरुले भने उनको वाचन कला र प्रस्तुती शैलीको प्रशंसा गरे ।

च्याप्टरका सल्लाहकार रोशन खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रम सभ्य र भव्य बनाउन सहयोग गर्नुहुने सबैप्रति अनेसास डेनमार्कले धन्यवाद ज्ञापन गरेको छ।

प्रतिकृया दिनुहोस्