तिम्रो  वियोगमा…

   तिम्रो  वियोगमा…

 

डुकछिरिङ लेप्चा 

मिरिक -डुपटिन, भारत

 
ति रसिलो तिम्रो बोली
कति मिठो तिम्रो शैली
कति मिठो तिम्रो भावना
तर,
खोला र बगर  परस्पर धेरै 
दुरूत्वमा हिँड़ेको थाहा लाग्छ
खोला बगी  नै रह्यो
बालुवा बालुवा मात्रै
भएर बगरको उपाधि बोकी
गाउँ -घर डुल्न थाल्यो
वास्तवमा
तिमी र म भनेको खोला र बगर जस्तो
कहा हौं र……!
खोला बालुवादेखि टाढा हुँदा 
कहिले रोएको देखिन…..!
तर..
मदेखि तिमी टाढा हुँदा 
मेरो आघातमाथि कस्तो घात हुन पुग्छ होला ….?
कविता कोर्ने शब्दहरू ममा रहे पनि 
तिमी छेवैमा आएर 
साउती मारेको झैँ कहाँ हुन्छ र…..!
तिमीले लेखेका मायारूपी शब्दका पत्रहरू
केवल घरको भित्तामा पाइने
माछा कीराले थाहा नपाइ चपाइदिनेछ
तिमीले जस्तो बिहानै
तातो चिया ओछ्यानमा लिएर आउने छैन
सधैँ मलाई चुम्बन खाँदै 
मनका कुराहरू व्यक्त गर्न  मेरो समीपै आउने छैनन्
केवल तिमीलाई फकाउँदा कोरिएका शब्द रङ्गहरूले
सान्त्वना दिएर जान्छ मलाई 
जुनेली रातमा उसको नोटबुक खोली 
यो रित्तो मनलाई हेरिकन जान्छ
सम्झनारूपी मायाको शब्दहरूले !
                         
                         
प्रतिकृया दिनुहोस्