अनेसासद्वारा भानुजयन्ती मनाइँदै

२०८० असार ३० तदनुसार १५ जुलाई  २०२३ । अन्तरा्ष्ट्रिय नेपाली साहित्य समाजले २१० औँ भानुजयन्ती मनाउने भएको छ । 

उक्त अवसरमा अनेसासको वार्षिक साधारणसभा पनि हुनेछ र वार्षिक प्रतिवेदन पनि प्रस्तुत हुनेछ । आजको कार्यक्रमको अर्को विषेश महत्त्व रहेको छ “अनेसास सर्वोत्कृष्ट पुरस्कारको नतिजा घोषणा ।” 

कार्यक्रम आज ३० गते शनिवार नेपाली समय बेलुका ६:४५ र अमेरिकी पूर्वीय समयअनुसार आज बिहान ९ बजेदेखि भर्च्युअल जूममार्फत सुरु हुनेछ । कार्यक्रम अनेसासको फेसबुक पेज र विभिन्न अनलाइन पेजहरूबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

आज विषेश दिनको विषेश समारोहको प्रमुख अतिथि प्रा.डा. व्रराज आचार्य रहनुभएको छ भने संसारभर रहनुभएका नेपाली साहित्यकारहरूको उपस्थिति रहने छ ।

Meeting ID: 308 241 7917             Passcode: 2022

 

प्रतिकृया दिनुहोस्