अनेसास कविता महोत्सव हुने

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले ‘कविता महोत्सव- २०२३’ आयोजना गर्ने भएको छ ।

अनेसाले यसै अवसरमा नियमित रूपमा कविता महोत्सव गर्दै आइरहेको छ । यो वर्षको अनेसास कविता महोत्सव तेस्रो संस्करण हो ।

आगामी सेप्टेम्वर २३ अर्थात्  असोज ६ शनिवार कविता महोत्सव हुनेछ । महोत्सवमा सहभागी हुन चाहने प्रतियोगी सर्जकले सेप्टेम्वर १५ ( भदौ २९) भित्र तोकिएको इमेलमा कविता पठाएर सहभागिता जनाउन सक्नेछन् ।

नियमहरूः

१.कविता नितान्त मौलिक/अप्रकाशित /अप्रसारित र अधिकतम २०० शब्दको हुनुपर्नेछ ।

२.एकजनाको एउटा मात्र कविता स्वीकार गरिनेछ ।

३.कविताको साथमा कविको सम्पर्क नम्बर, इमेलसहित छोटो परिचय र पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ ।

४. प्राप्त भएका कविताहरूबाट वाचनका लागि छनोट गरिने छ ।

५.म्याद नाघी आएका कविता महोत्सवमा समावेश गरिने छैन ।

६. निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

 

कविता पठाउने अन्तिम मितिः सेप्टेम्वर  १५ , २०२३ कविता पठाउने ईमेलः

[email protected]

 

 

 
प्रतिकृया दिनुहोस्