इनास डेनमार्कको नयाँ अध्यक्षमा सुदिप

कोपनहेगन, डेनमार्क। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) अर्थात् INAS डेनमार्कले पाँचौँ राष्ट्रिय अधिवेशन कोपनहेगनमा सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ।

गायन मार्फत आफ्नो परिचय स्थापित गरेका सुदिप बाबु श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। नवनिर्वाचित उपाध्यक्षमा ओम प्रकाश बजिमय छन् भने महासचिवमा ममता पौडेल, सचिवमा आँचल सापकोटा, कोषाध्यक्षमा प्रिती तामाङ र सह-कोषाध्यक्षमा स्वरुपा केसी चयन भएका छन्।

त्यसैगरी सदस्यमा सुदिप थडराई, संस्कार बस्नेत, सागर तिमिल्सिना, कृति भट्टराई र विकल केसी चुनिएका छन्।

अन्तर्राष्ट्रिय रूपमा नेपाली गीत-संगित, कला-संस्कृति र भाषा-साहित्यको प्रवर्द्धनमा इनासले महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने बिभिन्न समय परिवेशमा अनेसाससँग सहकार्य पनि गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्