निबन्धकार ज्ञानु अधिकारीकाे “संवेदनाको समायोग” कृतिमाथि विमर्श
![निबन्धकार ज्ञानु अधिकारीकाे “संवेदनाको समायोग” कृतिमाथि विमर्श](https://inlsdarpan.com/wp-content/uploads/2023/08/370056497_1322492255022459_6516837457131583300_n.jpg)
२०८० भाद्र ९, काठमाडौं। हार्दिक हाेटल, काठमाडौंमा आज निबन्धकार ज्ञानु अधिकारीकाे आत्मपरक निबन्धसङ्ग्रह “संवेदनाको समायोग” कृतिमाथि गम्भीर विमर्श कार्यक्रम सम्पन्न भयो।
विशिष्ट व्यक्तित्वहरूकाे उपस्थितिमा भव्य रूपमा सम्पन्न भएकाे सो कार्यक्रममा दुई चरणमा विभक्त भएको थियो।
कार्यक्रमकाे पहिलो सत्रमा नवपुस्ताका समीक्षक सावित्रा पाण्डे काफ्ले, अनिता कोइराला, सरस्वती सरस र सुधा शर्माले पाठकीय प्रतिक्रियाका रूपमा पठन अनुभूति व्यक्त गरेका थिए।
यस कार्यक्रमको सञ्चालन महेश क्षितिजले गरेका थिए। यसैगरी दोस्रो सत्र विमर्श-संवादमा वक्ताका रूपमा त्रिविका उपप्राध्यापक कुमारी लामा र डा. अशोक थापाले ज्ञानु अधिकारीकृत “संवेदनाकाे समायाेग” निबन्धसङ्ग्रहबारे गम्भीर बहस गरेका थिए।
यस सत्रको संचालन पत्रकार राजकुमार बानियाँले सहजीकरण गरेका थिए। काठमाडौंमा पाठकीय प्रतिक्रियाका साथ भएको यस बहसमा पुस्तकको रचना, शिल्प, शैली भन्दा पनि महिला र पुरुषवाद बढी चर्चा भए पनि सहजकर्ता र सबै वक्ताले ज्ञानु अधिकारीकाे यस निबन्धकृतिमा पाठककाे मनमस्तिष्क हल्लाउने सामर्थ्य रहेको र आत्मपरक निबन्धकाे इतिहासमा याे कृति विशिष्ट रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा निबन्धकार ज्ञानु अधिकारीले उठेका प्रश्नहरूको उत्तर दिँदै “समालोचना र निबन्ध फरक विधा हो, यी निबन्धमा म स्वतन्त्र भएर पाेखिएकी छु” भन्ने धारणा राखेकी थिइन्।
कार्यक्रममा वक्ताहरूलाई सम्मानाेपहार प्रदान गरिएको सो कार्यक्रममा सभापति र प्रमुख अतिथि कुनै नराखिएको ओैपचारिक- अनाैपचारिक र पृथक् किसिमको रहेको थियो।