अनेसास डेनमार्क च्याप्टरको तेश्रो अधिवेशन सम्पन्न

कोपन्हेगन, डेनमार्क। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरको तेश्रो अधिवेशन डेनमार्कको कोपन्हेगनमा सम्पन्न भएको छ।

डेनमार्कका लागि नेपाली राजदूत प्रा. डा. राम स्वार्थ राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डेनमार्कस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

मन्तव्य दिनुहुँदै डेनमार्कका लागि नेपाली राजदुत डा. यादव

कार्यक्रममा अनेसासकी केन्द्रीय उपाध्यक्ष सीता बराल, डेनमार्क च्याप्टरका पूर्वअध्यक्ष श्रष्टा प्रकाश सापकोटा, अनेसासका आजिवन सदस्य कृष्ण सागर सुवेदी, लेखक कृष्ण पौडेल, गैर आवासीय नेपाली संघ डेनमार्कका बरिष्ठ उपाध्यक्ष नील थापा, निवर्तमान अध्यक्ष एवं अनेसासका आजिवन सदस्य शैलेन्द्र अधिकारी (शैलु), प्रवासी नेपाली मन्च डेनमार्कका अध्यक्ष नरेन्द्र बस्नेत, नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति यादव बस्नेत, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) डेनमार्कका अध्यक्ष सुदीप साम, क्रियटिभ नेपलिज वीमन इन डेनमार्ककी रमिता महर्जन प्रधान, रास्वपा डेनमार्कका तर्फबाट दीपक भट्ट लगायतले मन्तव्य सहित आफ्ना रचना प्रस्तुत गर्नुभयो।

रचना वाचन गर्दै अनेसासका आजिवन सदस्य शैलु अधिकारी

च्याप्टर अध्यक्ष सरू ज्ञवाली रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष अनुजा गौतमले आर्थिक र सचीव पूर्ण बस्नेतले आफ्नो कार्यकालको प्रगति विवरण प्रस्तुत गर्नुभयो। च्याप्टरका सदस्य दीपक कुमार तिवारीले सन्चालन गर्नुभएको कार्यक्रममा सदस्य प्रदीप पाण्डेले स्वागत मन्तव्य राख्नुभयो।

पूर्ण बस्नेत नयाँ अध्यक्ष:

अनेसास डेनमार्कको ३ सेप्टेम्बर २०२३ का दिन कोपन्हेगनमा सम्पन्न तेश्रो अधिवेशनबाट पूर्ण बस्नेत आगामी कार्यकालका लागि नयाँ अध्यक्ष चुनिनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश घिमिरे, उपाध्यक्षमा प्रदीप पाण्डे, महासचिवमा विमला आचार्य (विद्या), सचिवमा दीपक ढुङ्गाना, कोषाध्यक्षमा अनुजा गौतम र सदस्यहरूमा दीपक कुमार तिवारी, अजित देवकोटा, कविता अवस्थी, सफल चौलागाईं र ममता कट्टेल चयन हुनुभएको छ। कम्तिमा तेह्र सदस्यीय रहने कार्यसमितिमा बाँकी सदस्यहरू कार्यसमितिले पछि मनोनित गर्ने बताइएको छ।

नवगठित कार्यसमितिलाई बधाई दिएपछि तस्वीर खिचाउँदै सहभागीहरू

नवगठित कार्यसमितिलाई डेनमार्कका लागि नेपाली राजदुत प्रा. डा. राम स्वार्थ राय यादव, अनेसासकी केन्द्रीय उपाध्यक्ष सीता बराल, डेनमार्क च्याप्टरका पूर्व अध्यक्ष तथा अनेसास दर्पणका सम्पादक प्रकाश सापकोटा, अनेसासका आजिवन सदस्य शैलु अधिकारी लगायतले बधाई र कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो।

 

प्रतिकृया दिनुहोस्