अनेसास नेपाल च्याप्टरले “नारी मिलन (दरखाने)” कार्यक्रम सम्पन्न गर्यो

२०८० भदौ २९ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले हिन्दु नारीहरूको महान पर्व तिजको अवसर पारेर नारी मिलन ( दरखाने) कार्यक्रम सम्पन्न गरेको छ  ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सीको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा माननीय रेखा यादव हुनुहुन्थ्यो ।

अन्य विशिष्ट तथा अतिथिहरूमा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त माननीय कमला ओली, अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,  अनेसास केन्द्रिय उपाध्यक्ष रेनुका सोलु, अनेसास केन्द्रिय महासचिव विमला निरौला, अनेसास नेपालका सल्लाहकार वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बाबा बस्नेत, समालोचक लीला लुइँटेल, वरिष्ठ गीतकार उन्नति बोहरा शिला,चलचित्र निर्देशक रमेश कोइराला, गायिका द्वय रानु निरौला र जानुमाया गुरुङ,अनेसास केन्द्रिय सदस्य प्रमोद सारंग, सुशिला देउजा, भगवती बस्नेत, मुरारि सिग्देल रामचन्द्र ढकाल,डा भक्त राईलगायत उल्लेख्य रूपमा कवि, साहित्यकार, गायकहरूको उपस्थिति रहेको थियो।

माननीय  रेखा यादवले नेपाली नारीहरूको महान पर्व तिजको महत्त्वका बारेमा प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तेसैगरी सूचना आयुक्त कमला ओली, सापसका अध्यक्ष राधेश्याम लेकाली, अनेसासका केन्द्रीय उपाध्यक्ष डा. रेणुका सोलु, महासचिव विमला निरौला, हिरण्यकुमारी पाठक, समालोचक लीला लुइँटेल लगायतले आ-आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।

स्काई दरबार बैङ्क्वेट रामशाहपथ, काठमाडौंमा भएको उक्त कार्यक्रमलाई अनेसास नेपाल च्याप्टरका महासचिव उ रन्जना निरौलाले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा गायिका रानु निरौला र जानुमाया गुरुङले तीज गीतहरू गाउनु भएको थियो भने सामुहिक नृत्यमा सबैले सहभागिता जनाउनु भएको थियो । 

प्रतिकृया दिनुहोस्