अखबारमा आयो

उसले ठूलो काम गर्यो अखबारमा आयो

ईलम छोड्यो नेता बन्यो अखबारमा आयो

 

म छु एउटा बुद्धको कुरो गर्ने अर्को छ ऊ

मार्यो काट्यो अनि लुट्यो अखबारमा आयो

 

वर्षौं बित्यो गुमनाम चक र पाटीबीच मेरो

कक्षा छोड्यो बन्दुक बोक्यो अखबारमा आयो

 

यता सल्काएर गाउँमा बुर्जुवा बिचारको नारा

गाम छोडेर शहर पस्यो अखबारमा आयो।

 

(डेनमार्क निवासी लेखक रोशन खतिवडा राष्ट्रिय/अन्तर्राष्ट्रिय समसामयिक विषयमा गहिरो अध्ययन र विश्लेषण गर्ने तथा आफ्ना अध्ययन र बुझाइका सन्दर्भहरू लेख, अन्तरक्रिया एवं साहित्यिक अभिव्यक्तिहरू मार्फत शुभचिन्तकमाझ पुर्याउने गर्नुहुन्छ।)

प्रतिकृया दिनुहोस्