अनेसास कविता महोत्सवको नतिजा घोषणा
 
२०८० असोज ७ गते राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीको अवसरमा बर्सेनी हुने अनेसास कविता महोत्सव २०२३ सम्पन्न भएको छ । महोत्सवमा संसारभरिबाट ३०१ कविताहरू समावेश भएका थिए भने समावेश कविताहरूमध्येबाट १०१ कविताहरू वाचन भएका थिए ।
 
उक्त कवितामहोत्सवमा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन् । प्रतियोगिताका लागि प्राप्त ३ सय एक कवितालाई उछिन्दै उनको कविता प्रथम भएको हो ।
 
साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपाल निर्णायक रहेको समितिले ललितपुर नेपालका ऋषभदेव घिमिरेको कविता द्वितीय र आनन्द श्रेष्ठ (न्यूजर्सी, अमेरिका), मदन घिमिरे ( कास्की, नेपाल) र सुमन शिरिष (सिन्धुपाल्चोक, ,नेपालको कवितालाई तृतीय घोषित गरेको छ ।
 
अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अनेसास बिओटी सभापति पदम विश्वकर्माले शुभकामना व्यक्त गरेका थिए भने सल्लाहकार प्रतीक ढकालले घिमिरेको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए ।
 
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रकविका छोरीद्वय ज्योति पौडेल र शान्ति घिमिरेका साथै अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारीले मन्तव्य राखेका थिए ।
 
जूममा करिव छ घण्टा चलेको उक्त कार्यक्रमको पुरस्कार रकमलाई क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी,नेत्रवन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गरेका थिए ।
 
 
प्रतिकृया दिनुहोस्