गोवर्द्धन पूजासँग साक्षात्कार कार्यक्रम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास नेपाल च्याप्टरले साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।

अनेसासका केन्द्रीय अध्यक्ष श्री गोवर्द्धन पूजासँगको सो साक्षात्कार कार्यक्रमका प्रमुख अतिथि त्रिवि नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्र लुइटेल हुनुहुन्थ्यो ।

कार्यक्रमको सभापतित्व अनेसास नेपाल च्याप्टरका अध्यक्ष श्री राजेन्द्र केसीले गर्नुभएको थियो भने अनेसासका केन्द्रीय उपाध्यक्ष डा. रेनुका सोलु, महासचिव विमला निरौला, नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी आदिले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमका अतिथिहरुमा राधेश्याम लेकाली प्रमोद सारंग, गोमा न्यौपाने, कमला न्यौपाने, अमरबहादुर कार्की, अम्बिका गुरुङ, महेश पौडेल, विधान आचार्य, प्रमोद प्रधान आदिको उपस्थिति रहेको थियो भने नेपाल च्याप्टर कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

 

साक्षात्कार कार्यक्रममा अध्यक्ष गोवर्द्धन पूजाबाट नव आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गर्नुका साथै अनेसास आजीवन सदस्यहरुको कोड नं सहितको परिचयपत्र र ब्याच प्रमुख अतिथि प्रा.डा. खगेन्द्र लुइटेलसहित उपस्थित आजीवन सदस्यहरुलाई वितरण गरिएको थियो ।

त्यसै गरी अनेसासले बर्सेनी आयोजना गर्दै आएको अनेसास कविता महोत्सवमा तृतीय हुने सिन्धुपाल्चोक नेपालका सुन्दर शिरिषलाई नगद दुई सय डलरसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

अध्यक्ष गोवर्द्धन पूजाले अनेसासले यस कार्यकालमा गरेका कामहरुको विस्तृत जानकारी र आगामी कार्यक्रमका बारेमा जानकारी दिँदै अनेसासको इतिहास, वर्तमान र भविष्यका बारेमा बोल्नुभएको थियो ।

प्रमुख अतिथि प्रा.डा. लुइटेलले अनेसासले गरेका राम्रा कामहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि नेपाली भाषा साहित्य र प्रकाशनका कामहरुलाई निरन्तरता दिई अझ लोकप्रिय कामको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।

उक्त कार्यक्रममा अनेसास नेपाल च्याप्टरले केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजालाई डायस्पोरामा नेपाली भाषा, साहित्य, कला संस्कृतिको क्षेत्रमा गरेको कार्य तथा अनेसासको कुशल चालकभई अनेसासलाई सही मार्गमा हिँडाउने कार्यको उच्च मूल्यांकन गर्दै सम्मान गरेको थियो ।


काठमाडौंमा उपस्थित अधिकांश अनेसासका आजीवन सदस्य एवं चर्चित साहित्यकारहरुको उल्लेख्य उपस्थित रहेको उक्त कार्यक्रमलाई नेपाल च्याप्टरकी उपाध्यक्ष मञ्जिला शर्माले संचालन गर्नुभएको थियो भने कार्यक्रमको समापन सभापति राजेन्द्र केसीको मन्तव्यसहित गरिएको थियो ।

प्रतिकृया दिनुहोस्