सर्वज्ञको “नेता बन छोरा नेता बन” कृति सार्वजनिक

२०८०/७/२५ गते बिहान ८ बजे पशुपति क्षेत्रभित्र रहेको सुन्दर र पवित्रस्थल बनकाली उद्यानमा अनेसास नेपाल च्याप्टरको आयोजनामा लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती एवम् अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेद्वारा लेखिएको तथा अनेसास नेपाल च्याप्टरद्वारा प्रकाशित कविता कृति “नेता बन छोरा नेता बन “को लोकार्पण कार्यक्रम भव्य रुपमा सम्पन्न भयो ।

अनेसास नेपाल च्याप्टरको आयोजना तथा पशुपति क्षेत्र विकाश कोषको सहकार्यमा भएको कार्यक्रममा उपस्थित सबैलाई पशुपती क्षेत्र विकास कोषको तर्फबाट रुद्राक्षको माला तथा भगवान् श्रीशिवजी अङ्कित खादा लगाइदिएर स्वागत गरिएको थियो ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी. को अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा डा.विष्णुविभू घिमिरे थिए ।

कार्यक्रममा उपस्थित अतिथिहरूलाई नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने प्रमुख अतिथिबाट पिपलको बृक्षमा पानी हालेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

नेपाल च्याप्टरका महासचिव रन्जना निरौलाले संचालन गरेको उक्त कार्यक्रममा महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण कार्यक्रमपश्चात् शान्ति रिसालले कवितामार्फत देवकोटाको सम्झना गरिएको थियो भने देवकोटाकी नातिनी तथा नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष मन्जिला शर्माबाट देवकोटाको विषयमा धारणा प्रस्तुत भएको थियो । 

त्यसैगरी पशुपति विकाश क्षेत्रका निर्देशक डा. घनश्याम खतिवडाले पशुपति क्षेत्रको महत्वका विषयमा गहन मन्तव्य व्यक्त गरेका थिए भने पशुपति क्षेत्र विकाश कोषका कर्मचारीहरू कुमार खतिवडा, गोविन्द कोइराला, सर्वज्ञराज पौडेललगायत अन्य अतिथिहरूबाट कविता वाचन भएको थियो ।

कविता वाचन गर्नेहरूमा अनेसास प्राज्ञिक समितिका सदस्य विधान आचार्य, साहित्यकार मुरारी सिग्देल, कुमार खतिवडा गोविन्द कोइराला, नेपाल च्याप्टरका नि. अध्यक्ष तथा महिला समितिका संयोजक सन्ध्या पहाडी, एलिशा शर्मालगायतले आआफ्नो कविता वाचन गरेका थिएभने केही कविहरूले लोकार्पित कृतिबाट कविता वाचन गरेका थिए । 

माधवनारायण वनकाली उद्यानमा भएको कार्यक्रमका प्रमुख अतिथि विष्णुविभु घिमिरेले पशुपतिको पवित्रस्थलमा कार्यक्रम गरिनु नै कार्यकर्मको विशेष महत्व रहेको कुरा बताउँदै निर्देशक डा. खतिवडाले बताएअनुसार नेपाल च्याप्टरले कम्तीमा हरेक ६-६ महिनमा पशुपति क्षेत्र विकाश कोषसँग सहकार्य गरी साहित्यिक कार्यक्रम गर्नका लागि जोड दिएका थिए ।

अनेसासका पूर्व अध्यक्ष तथा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले अनेसास र देवकोटाको बारेमा आफ्नो धारणा राखेका थिए  । त्यसैगरी अनेसास केन्द्रका सल्लाहकार प्रतीक ढकालले आफ्नो मन्त्वय राखेका थिए ।

अनेसास केन्द्रका उपाध्यक्ष डा.रेणुका सोलुबाट लोकार्पित कृतिको समीक्षात्मक मन्तव्य प्रस्तुत भएको थियो भने महासचिव विमला निरौलाबाट शुभकामना मन्तव्यसहित कविता वाचन भएको थियो ।

त्यसैगरी गायक तथा संगीतकार एवं श्रुतिसंगीत विश्वविद्यालयका प्रमुख नरहरि प्रेमीले भगवान् श्रीपशुपतिनाथ सम्ब्नधित गीत गाएर उपस्थित अतिथिहरूलाई नचाएका थिए ।

अनेसास दर्पण साहित्यिक अनलाइन पत्रिकाका कार्यकारी सम्पादक रमेश दाहाल, समीक्षक साहित्यकार युवराज मैनाली,  रामप्रसाद पन्त,  साहित्यकार बिक्रम भक्त जोशी, समाजसेवी रामहरि दाहाल, लक्ष्मी उप्रेती, गीता कार्की, ने. च्या. का सचिव सुशीला हसिना, कोषाध्यक्ष कमला रिसाल, सदस्य इन्दिरा ढकाल, सुचिता काफ्ले, शान्ता बस्नेत, कवि भवानी खतिवडालगायत सयौँको सङ्ख्यामा साहित्यकार एवम् समाजसेवी व्यक्तित्वजनको गरिमामय उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्