गजल: एकछिन देखिन्छ

 

मुखले स्वतन्त्रता बाँड्छ, व्यवहारमा अधीन देखिन्छ
चमक ल्याउन खोज्दा पनि मुहार त मलिन देखिन्छ

वचन दिन्छ, कसम खान्छ, विश्वास पनि दिलाउँछ
कुठाउँमा बकबक गर्छ ठाउँमा स्वरविहीन देखिन्छ

आङको लुगाफाटाले मात्रै वास्तविकता झल्काउँदैन
जस्ले बिर्स्यो धरातल, उही बढ्ता सौखिन देखिन्छ

पटक-पटक लुटिएको बेसहायको मुहार पढ्दा
लुटेराको हुँकार तोड्न पीडितलाई कठिन देखिन्छ

ख्याल रहोस्, सत्यको बाटोमा अवरोध आएपनि
सत्य अटल रहिरहन्छ, झूटको खेती एकछिन देखिन्छ

(हाल:युएई)

प्रतिकृया दिनुहोस्