कुलपति भूपाल राईको अमेरिकामा एकल कविता वाचन

११५ औँ देवकोटा जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रम भएको छ।

संयुक्त राज्य अमेरिकास्थित बोस्टनको नजिकै पर्ने शहर नरवुडको नेपाली खाना घर नरवुड स्पाइसमा एक भव्य समारोहबीच कवि भूपाल राईको काव्य वाचन कार्यक्रम भएको हो।

करिब एक घन्टाको समयसम्म आफ्ना एकल कविताहरू उनको कवितासग्रंह यारीबाट वाचन गरेर सुनाएका थिए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरको आयोजनामा भएको कार्यक्रममा कवि राईले “सांस्कृतिक सत्ता र समताका लागि” भन्ने नारामा एकल कविता अभियानको दोस्रो शृङ्खला प्रस्तुत गरेका हुन्।

उक्त समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ तथा काव्य विभाग प्रमुख बाबा बस्नेत, अनेसास नेपाल च्याप्टरका पूर्वमहासचिव एवं कवि ऋषभदेव घिमिरे र कवि दिपा राईले समेत आफ्ना केही कविता वाचन गरेका थिए।

एकल कविता कार्यक्रम अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको सभापतित्त्वमा भएको थियो। केनेटिकट, न्युहेम्पसायर तथा बोस्टन वरपरका ५० भन्दा बढी कवि तथा साहित्यानुरागीहरुको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पूजाले आफ्नो विचारसहित शुभकामना  मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्