बालकविता – “प्रिय मेरा जन्मदाता”

बाल कविता

विमला निरौला

प्रिय मेरा जन्मदाता

आमाबाट कखरा को ज्ञान पाएँ पहिले ।
कलम समाई कविता कोर्न थालेँ अहिले ।।

बाबाबाट एबिसीडी जोड-घटाउ जानेँ ।
धर्ती-आकाश मेरा इश्वर यिनै भन्ने ठानेँ ।।

मातृभूमि प्रिय सदा भूगोल घुमे पनि ।
सगरमाथ गौतमबुद्ध मेरै आफ्नो हो नि ।।

संसारका विकसित गगनचुम्बी शहर ।
त्यै शहरमा त्रिकोण झण्डा फराउने रहर ।।

विश्व माझ श्रेष्ठ देश नेपाल नै हो भनी ।
बनाउंनेछौँ भोलि देशका कर्णधार बनी ।।

झझल्को र सम्झना हरपल देश ।
मन पर्ने माया लाग्ने आफ्नै भाषा-भेष ।।

कोपिला हौँ सुवास फैलाई विश्व हाँक्ने हुन्छौँ ।
उच्च कर्म सफलताले शिखरलाई चुम्छौँ ।।

जन्मभूमि पुर्खाको गाउँ गर्छौं विश्वास आस ।
प्रिय मेरा जन्मदाता पहिचान र खास ।।

सर्जक बालसाहित्यकार एवं अनेसास केन्द्रीय महासचिव हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्