मिलनको गीत

मिलनको गीत

         गोमा न्यौपाने     भर्जिनिया, अमेरिका

 

तिमी काँ को म पल्लो पाखाको ।

लाग्छ मेरो ज्योति हौ आँखाको ।।

लुकी छिपी पिरती लाएको ।

साथ बाँच्ने छ कसम खाएको  ।।

जीवन हो रे विलाई जाने कर्कलाको पानी ।

भन्थ्यौ एकै मुटु बाँची बिताउँ जिन्दगानी ।।

तर भाग्य विदेश नै लाँदैछ ।

कुटुकुटु भित्री मन खाँदैछ ।।

गनी रौँला आकाशका तारालाई ।

तिमीबाहेक बिर्सिउँला सारालाई ।।

बस माया पर्खिएर पिरतीकै भरमा ।

तिम्रो प्रित साथ लान्छु बिरानो त्यो शहरमा ।।

बिदा देऊ मुसुक्क हाँसेर ।

पहिरिदिनु प्रेम माला गाँसेर ।।

बाटो कुर्नु म फर्की आउँला ।

मिलनको मिठो गीत गाउँला ।।

 

प्रतिकृया दिनुहोस्