रेवा स्मृति प्रतिष्ठानको कार्यक्रम भव्य रूपमा सम्पन्न

२०८० पुस १९ । रेवा स्मृति प्रतिष्ठानको आयोजनामा पूर्वान्चल मोरङमा एक भव्य कार्यक्रम सम्पन्न भएको छ ।

 श्री माध्यमिक विद्यालय लेटी गोविन्दपुरमा  शैक्षिक सामग्री वितरण साथै साहित्यिक, सम्मान तथा आँखा शिविर सन्चालन कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कुशल व्यवस्थापक, शिक्षक, वरिष्ठ समाजसेवी बल बहादुर बस्नेत  थिए भने विशिष्ट अतिथि वरिष्ठ साहित्यकार, अनेसास केन्द्रीय सदस्य सरिता अर्याल, अतिथीहरुमा वरिष्ठ साहित्यकार रामबाबु दहाल, पूर्व शिक्षक, शिक्षा प्रेमी तथा समाजसेवी दामोदर सिग्देल, कवि अम्बिका उप्रेती खरेल,वनिता प्रकाशनका प्रतिनिधि, श्री सुनवर्सी मा वि प्रधानाध्यापक यज्ञ कुमार निरौला तथा सह प्रधानाध्यापक महेन्द्र रेग्मी, युवा समाजसेवी मोहम्मद सम्सेरका साथै श्री माध्यमिक विद्यालय प्रधानाध्यापक मेघनाथ कोइराला थिए ।

कार्यक्रममा स्थानीय स्कुलका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति विमला निरौला तथा प्रमुख अतिथिद्वारा शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । 

उक्त कार्यक्रमकै अवसरमा आठजना व्यक्तित्व तथा संघसंस्थालाई सम्मानपत्र वितरण गरिएको थियो । सम्मानित हुनेमा बिर्ता आउँखा अस्पताल,  श्री माध्यमिक विद्यालय लेटी गोविन्दपुर, वाणी प्रकाशन, समाजसेवी बलबहादुर बस्नेत, साहित्यकार तथा अनेसास केन्द्रीय सदस्य सरिता अर्याल, अनेसास आजीवन सदस्य तथा साहित्यकार रामबाबु दाहाल,  शिक्षक तथा समाजसेवी दामोदर सिग्देल, युवा सामाजिक व्यक्तित्व मोहम्मद समशेर थिए ।

त्यसैगरी कार्यक्रममा विभिन्न विधाका रचना वाचन कार्यक्रम पनि भएको थियो । रचना वाचन गर्ने स्रष्टाहरूलाई प्रमाणपत्र सहित धन्यवाद दिइएको थियो । 

प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले कार्यक्रमका विषयमा आआफ्ना मन्तब्य राखेका थिए ।  शिक्षक, विद्यार्थी,  स्थानीयहरूको उल्लेख्य रूपमा उपस्थित भएको उक्त कार्यक्रम भव्य र सभ्य रूपले सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस्