तिमीसँग हाँसे पनि

तिमीसंग हाँसे पनि एकान्तमा रुन्छु
धेरै भयो अचेल म हराईराको हुन्छु

परपर जान्छु कतै जीवन खोज्दै हिड्छु
उठाउँछु अरुलाई आँफू चाहि लड्छु
यस्तै गर्दै बाटो छुट्टै पछ्याईराको हुन्छु
धेरै …

सबै कुरा सोच्छु तर उपाय केही हुन्न
मलाई मेरै मनले फेरी फर्की जान दिन्न
बतासमा संदेश तिमीले पठाईराको सुन्छु
धेरै…

शब्द: सन्तोष लम्साल
स्वर: स्वरूप राज आचार्य
संगीत: शंकर थापा स्माइल

भिडियो लिङ्कः

प्रतिकृया दिनुहोस्