कथाकार श्रेष्ठसँग डेनमार्कमा साहित्यिक साक्षात्कार

 

डेनमार्क । डेनमार्क भ्रमणका क्रममा रहनुभएका साहित्यकार भरतकुमार श्रेष्ठसँग अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरले कोपनहेगनमा एक साहित्यिक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।

अनेसासकी युरोप क्षेत्रीय उपाध्यक्ष सिता बराल, डेनमार्क च्याप्टरका अध्यक्ष पूर्ण बस्नेत, वरिष्ठ उपाध्यक्ष रमेश घिमिरे, महासचिव विमला (विद्या) शर्मा आचार्य, सदस्य दीपक कुमार तिवारी, गैर आवासीय नेपाली संघ, डेनमार्कका उपाध्यक्ष लेखक नील थापा, साहित्यानुरागी समाजसेवी राधाकृष्ण सापकोटा (आरके) लगायतको सहभागिता रहेको कार्यक्रममा साहित्य राष्ट्रको उत्पादन भएकोले यसले राष्ट्रप्रति दिने योगदानका बारेमा छलफल भएको थियो ।

कथाकार भरतकुमार श्रेष्ठसँग कार्यक्रमका सहभागीहरू

कथाकार भरतकुमार श्रेष्ठले आफ्नो विदेश जीवन, अध्यापन, साहित्यसँगको संगत आदिबारे खुलाउनुभएको कार्यक्रममा विदेशमा रहेको दक्ष जनशक्ति र उनीहरूको विज्ञता देशलाई काम लाग्ने गरी उपयोगमा ल्याउने सम्भावनाबारे वैचारिक मन्थन भएको थियो। आफ्नो प्रकाशोन्मुख कृतिमा यससँग सम्बन्धित विभिन्न तीस क्षेत्रका विज्ञहरुको सुझाव सहितका आलेख समावेश गर्न लागेको श्रेष्ठले जानकारी दिनुभयो।

सहभागीहरूले आ-आफ्नो विदेश यात्रा, पेशागत ज्ञान, योगदान र साहित्यमा लगावबारे जानकारी दिनुभएको कार्यक्रममा अतिथि साहित्यकार श्रेष्ठले आफ्नो रचना वाचन तथा प्रकाशित आफ्ना पुस्तक सहभागीहरूलाई हस्तान्तरण गर्नुभएको थियो।

 

प्रतिकृया दिनुहोस्