बंगलादेशमा नेपाली साहित्य र चलचित्र निर्माणको  परिचर्चा

२०८० । १२। ४ । बंगलादेशको राजधानी ढाकामा विभित्र साहित्यकार तथा चलचित्र निर्माताकाबीच साहित्यिक एवम् साँस्कृतिक आदान प्रदानका विषयमा छलफल भयो ।

साहित्यिक साँस्कृतिक कार्यक्रममा नेपाली साहित्य, कला एवम् संस्कृतिको आदानप्रदान गर्ने, अनुवाद साहित्यमा जोड दिने तथा दुई देशबीच साहित्यिक साँस्कृतिक कार्यक्रम गर्न पहल गर्ने बारे साहित्यकार , चलचित्र निर्माता तथा पत्रकारको समूहबीच भएको बैठक उपलब्धिपूर्ण रह्यो ।

गीतकार तथा अनुवादक राजेन्द्र गुरागाईं, साहित्यकार युवराज नयाँघरे, कवि ऋषभदेव घिमिरे, कवि तथा चलचित्र निर्माता राजेन्द्र के.सी. भानु प्रतिष्ठानका कोषाध्यक्ष हरिवोल ढकाल बंगलादेशका साहित्यकार, पत्रकार तथा साहित्य शिल्पी मनोज गुर्खा , सल्लाहुद्दिन खान कुट्टु,अबुल हुसेन मजुमदार, जहागिर सिक्दर,मोहम्मद इम्दादुल हक त‌ैय्यब, अतिक रहमान, आशिष रोय, डा.हसन सरिफ,रिएत खान,सुरैया मुन्नी ,मानिकगंज नगरपालिकाका मेयर मोहम्मद रमजान अलि आदिको उपस्थितिमा भएको छलफलले यथाशीघ्र भावी योजना तय गर्ने जानकारी अतिक रहमानले दिए।

बंगाली कवि तथा साहित्यकार साहजाह कविर तथा कवि मोहम्मद फारुखले नेपाली साहित्यको चर्चा गर्दै नेपाल बंगलादेशबीच साहित्यिक साँस्कृतिक आदानप्रदानको भावी कार्यक्रमको रुपरेखा बारे प्रकाश पारे।

प्रतिकृया दिनुहोस्