मौन आकाशमा उडान भर्दा

यस सङ्ग्रहका कविताहरूमा विषयगत विविधता पाइन्छ । विशेषतः राष्ट्रप्रेम, मानवीय प्रेम, सुन्दर प्रकृतिको चित्रण, राजनीतिक विकृति–विसङ्गतिप्रति व्यङ्ग्य,जस्ता कुराहरूलाई यसमा कवितात्मक रूप दिइएको छ । ज्यूप्रति विशेष आभार व्यक्त गरिएको पाइन्छ । प्रकृतिको सर्वव्यापकता र वर्णन सङ्ग्रहमा सङ्गृहीत कवितामा मुखरित भएको पाइन्छ ।

विता साहित्यको अत्यन्त महत्त्वपूर्ण सर्वप्राचीन तथा लोकप्रिय विधा हो । तुलनात्मक रूपमा आख्यान, नाटक, निबन्धले भन्दा कविताले पाठक र श्रोतालाई तुरुन्त आकर्षित गर्ने भएकाले बहुसङ्ख्यक सर्जकले कविता लेखनमा विशेष रुचि देखाएको पाइन्छ । कतिपय सर्जकले पछि गएर विधा परिवर्तन गरे तापनि साहित्य सिर्जनाको आरम्भ कविताबाट गरेको देखिन्छ । लघु, मध्यम र बृहत् गरी कविताका तीन रूपमध्ये फुटकर कविता लघुरूप हुन् भने खण्डकाव्य मध्यम रूप र महाकाव्य बृहत् रूप हुन् । बहुसङ्ख्यक कविले थालनीमा लघुरूपका फुटकर कविता नै लेख्ने गरेको पाइन्छ ।

हालसम्मको खोजअनुसार सुवानन्द दासद्वारा १८२६ सालतिर लेखिएको पृथ्वीनारायण विषयक कविता नेपाली साहित्यको प्रथम लिखित रूप मानिएको छ । त्यसैले नेपाली भाषाको लेख्य साहित्यको थालनी कविता विधाबाट भएको कुरा स्पष्ट हुन्छ । यसरी अढाइ सय वर्ष लामो नेपाली कविताको इतिहासलाई प्राथमिक, माध्यमिक र आधुनिक गरी तीन कालमा वर्गीकरण गरिएको छ । प्राथमिक र माध्यमिक कालसम्म कविता छन्दमा बाँधिएको हुनुपर्ने अनिवार्यता भए पनि आधुनिक कवि गोपालप्रसाद रिमालद्वारा छन्दको बन्धनबाट कवितालाई मुक्त गरी मुक्तलयका गद्य कविता लेखनपरम्पराको थालनी भएको पाइन्छ ।

त्यसपछि नेपाली साहित्यकाशमा छन्दोबद्ध कविता र मुक्तलयका गद्यकविता लेख्ने क्रम चलिरहेको छ । छन्दोबद्ध कविताका पक्षधरले मुक्तलयका गद्य कवितालाई कविता नै नमानी अस्वीकार गर्ने गरेको र गद्य कविताका पक्षधरले छन्दोबद्ध वा छन्दको बन्धनमा बाधिएका कविता कविता नै होइनन् भनी अस्वीकार गर्ने गरेको पाइए पनि नेपाली स्रष्टाहरूद्वारा दुबै थरी (छन्दोबद्ध र मुक्तलयका गद्य) कविता लेख्ने क्रम चलिरहेको छ । मध्यमार्गीहरुले एक अर्काको अस्तित्व स्वीकार नगर्ने ती दुबैलाई अतिवादीको संज्ञा दिने गरेको पाइन्छ, त्यो समुचित नै देखिन्छ ।

बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमालजस्ता विशिष्ट साहित्यकारले दुबै खाले कवितामा सिद्धि प्राप्त गरेबाट दुबै थरी कवितामा युगबोध र नवीनता पाइने कुरा स्पष्ट हुन्छ । निश्चय नै गद्य कविता लेखनमा भन्दा छन्दोबद्ध कविता लेखनमा साधना बढी चाहिन्छ । त्यसैले सजिलोका लागि समकालीन पुस्ताका बहुसङ्ख्यक कवि गद्य कविता लेखनतर्फ आकर्षित भएको पाइन्छ । नेपाली साहित्यको समकालीन पुस्ताका कविहरूमध्ये पनि एक हुन् । उनको ‘मौन आकाश’ कविता सङ्ग्रह प्रकाशित भएको छ ।

आधुुनिक नेपाली साहित्यको समसामयिक धाराअन्तर्गत विभिन्न प्रवृत्ति देखिन्छ । कसैले छन्दोबद्ध कवितालेखनमा विशेष जोड दिने गरेका छन् भने कतिपय कविले मुुक्तछन्दका गद्य कविता लेखनतर्फ बढी जोड दिने गरेको पाइन्छ । त्यसै क्रममा मुुक्त छन्दका गद्यकविहरूमा राजेन्द्र के. सी.को नाउँ पनि उल्लेखनीय छ ।

सांस्कृतिक, ऐतिहासिक, पौराणिक एवम् भौगोलिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण ललितपुुर महानगरपालिका वडानं. २५ सैंबुुमा माता सावित्री के.सी. र पिता दीपबहादुुर के.सी.का पुत्ररत्नका रूपमा २०२४ चैत्र साल २९ गते जन्मेका राजेन्द्र के. सी सामाजिक, सांस्कृतिक, धार्मिक र चलचित्रका क्षेत्रमा मात्र होइन साहित्यिक क्षेत्रमा पनि निपुुण छन् भन्ने कुुरा यिनको मौन आकाश हालै प्रकाशित कवितासङ्ग्रहबाट स्पष्ट हुुन्छ । विगत लामो समयदेखि कवितालेखनमा सक्रिय रहेपनि विभिन्न पत्रिकाहरूमा फुुटकर कविता छपाएर आफ्नो पहिचान दिएका राजेन्द्र के.सी.को पहिलो पुुस्तकाकार कृतिका रूपमा ‘मौन आकाश’ नामक कवितासङ्ग्रह देखा परेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा वि.स. २०८० मा प्रकाशित यस कृतिमा जम्माजम्मी ३८ वटा गद्य शैलीमा रचिएका कविता सङ्गृहीत छन् । यसमा प्रकाशित कविताका आधारमा भन्नुुपर्दा कवि के.सी.परिपक्क्व कविका रूपमा देखिन्छन् ।

यस सङ्ग्रहका कविताहरूमा विषयगत विविधता पाइन्छ । विशेषतः राष्ट्रप्रेम, मानवीय प्रेम, सुन्दर प्रकृतिको चित्रण, राजनीतिक विकृति–विसङ्गतिप्रति व्यङ्ग्य,जस्ता कुराहरूलाई यसमा कवितात्मक रूप दिइएको छ । ज्यूप्रति विशेष आभार व्यक्त गरिएको पाइन्छ । प्रकृतिको सर्वव्यापकता र वर्णन सङ्ग्रहमा सङ्गृहीत कवितामा मुखरित भएको पाइन्छ ।

कविताबारे कविको दृष्टिकोण पनि यस सङ्ग्रहका कवितामा प्रस्तुत भएको पाइन्छ । माता–पिताको निधन हुुँदाका दुुःखद क्षणको पीडा मात्र होइन माता–पिताप्रति सन्ततिको कर्तव्य पनि यस सङ्ग्रहका कविताहरूले बोध गराएका छन् । त्यसका साथै परोपकारको सन्देश पनि यस सङ्ग्रहका कविताहरूले दिएका छन् । प्रस्तुत सङ्ग्रहका कविताले युवाशक्तिको विदेश पलायनलाई रोक्नुुपर्ने, देशलाई भ्रष्टाचार, शोषण, उत्पीडनबाट मुुक्त गर्नुुपर्ने र मुुलुुकलाई समृद्ध बनाउनुुपर्ने देशभक्तिपूर्ण सन्देश दिंएका छन् ।

कविताकै विषयमा रचित ‘कविता’ शीर्षक कवितामा कविताको शक्तिका साथै कविताबारे कविको दृष्टिकोण व्यक्त भएको छ भने सपनामा शासकीय दुुष्प्रवृत्ति‘ देखाइएको छ । ‘खेतालाहरू’मा जनचेतनाको अभाव र नेतागणको नालायकीपन देखाइएको छ भने ‘रहर’मा अरुलाई लेखाएर कवि बन्ने प्रवत्तिप्रति तीखो व्यङ्ग्य गरिएको छ । त्यसै गरी ‘नबिर्सिने अनुुहारमा’ देशप्रेमको भावना मुुखरित भएको छ भने ‘झुुटको खेती’ मा ठगी प्रवृत्तिप्रति आक्रोश व्यक्त भएको पाइन्छ । यस सङ्ग्रहमा थुुप्रै कवितामा पूूज्य मातापिताप्रति श्रद्धासुुमन व्यक्त भएको पाइन्छ ।

त्यसै क्रममा ‘आमाको प्रेम’ ‘आमाको सम्झना’ ‘मौन आकाश’ मा आमाप्रति र ‘बाको पसिना’ पिताप्रति श्रद्धाभाव व्यक्त भएको छ । ‘ओत’मा रुखको महिमा ‘वचनको तीर’मा बोलीको शक्ति ‘थर र घर’ ‘मृत्युुको नियति’मा जीवनको नश्वरता प्रस्तुुत गरिएको छ । शीर्षकअनुुरूप ‘ग्लानि’मा कुुकृत्यप्रतिको ग्लानि र ‘भ्रम’मा बाहिरी आगो निभाए पनि आन्तरिक आगाले पोलिरहने भाव व्यक्त भएको छ । ‘लास’मा सन्तानहरूको पैतृक सम्पत्तिप्रतिको अस्वाभाविक मोह देखाइएको छ भने ‘नाटकीय पुुण्य’ मा सहरिया जीवनबाट प्रभावित सन्ततिले प्रचार गर्ने नियतले नाटकीय ढङ्गले बाआमाको अन्त्येष्टि गर्नेगरेको तीतो यथार्थ देखाइएको छ ।

‘को हो धनी’मा मनका धनीको महत्त्व, ‘कस्तो धर्म’मा मानवधर्मको महत्त्व र ‘प्रश्न’मा गाउँघर छाडेर सहरतिर पलायन हुुने प्रवृत्ति प्रस्तुुत गरिएको छ भने ‘वसन्तको आगमन’मा ऋतुुराज वसन्तको वर्णन गरिएको छ । त्यसैगरी ‘समाजसेवी’ मा छद्मभेषी तथाकथित समाजसेवीप्रति व्यङ्ग्य गरिएको छ । वर्तमान समयमा सहरिया कृत्रिम मनोवृत्ति हाबी भइरहेको यथार्थता ‘सहरिया रोग’मा देखाइएको छ भने ‘प्रियाको सम्मान’मा प्रेमप्रणय प्रस्तुुत गरिएको छ । यसमा स्रष्टा,सृष्टि र सहिदप्रति सम्मान व्यक्त गरिएका कविता पनि सङ्गृहीत छन् । त्यसै क्रममा ‘काव्यसारथीलाई’मा महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति श्रद्धासुुमन व्यक्त भएको छ भने ‘सलाम सहिदलाई’मा सहिदहरूप्रति श्रद्धासुुमन व्यक्त भएको छ । ‘पूरा होऊन् मेरा सपना’ शीर्षक कवितामा सत्तासीनप्रति व्यङ्ग्य तथा देशभक्ति पाइन्छ भने ‘खबरदार बुुख्याचा’ मा पनि त्यस्तै किसिमको आक्रोशात्मक अभिव्यक्ति पाइन्छ ।

‘धरातल’मा जीवनको आधारको खोजी भएको छ भने ‘त्यो दिन’मा अतीतको प्राकृतिक जीवनको सम्झना गरिएको छ । ‘उल्टो समय’ शीर्षक कवितामा सरल,सहज समय र जीवनको अपेक्षा गरिएको छ । शूून्यवादी दर्शनको आभाष दिने ‘अनन्त आकाश’मा आकाशको विशालतालाई टिपेर आफ्नो जीवनको परिधिनाप्न सकिने धारणा व्यक्त गरिएको छ । ‘जीवनको माली’ ‘थकाइ’ र ‘प्रेमपराग’मा प्रणयसम्बन्ध प्रस्तुुत गरिएको छ । यसरी कवि राजेन्द्र के.सी.द्वारा रचित ‘मौन आकाश’ले धेरै कुुरा मुुखरित गरेको छ । यसको मौनताभित्र धेरै कुुरा लुुकेको छ ।

यो त्यस्तो कवितासङ्ग्रह हो जसअन्तर्गत मुुलुकमा विद्यमान विकृति र विसङ्गति, युवाशक्तिको विदेश पलायन, सामाजिक, सांस्कृतिक, साहित्यिक अवस्था, अशिक्षा, गरिबी, मान्यजन र स्रष्टा तथा सहिदप्रति सम्मान, प्रियजनको वियोग, नेपालको सौन्दर्य, राजनीतिक दुरावस्थाले गर्दा लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि पनि सर्वसाधारण जनताले परिवर्तनको अनुभूति गर्न नपाएको, मुुलुुक जर्जर हुुँदै गइरहेको यथार्थलाई समेत यसमा कवितात्मक रूप दिइएको छ ।

प्रस्तुत सङ्ग्रहमा सङ्गृहीत कवितामा अभिधेयार्थका साथै लक्षार्थ र व्यङ्ग्यार्थ समेत पाइन्छ । कथनपद्धतिका दृष्टिले कुनै कविता प्रोढोक्ति र कुनै कविनिबद्ध प्रोढोक्ति देखिन्छन् । भाषिक प्रयोगका दृष्टिले हेर्दा यस सङ्ग्रहमा सङ्गृहीत कविताहरू सरल र सहज देखिन्छन् । गम्भीर कुुरालाई पनि सहजतापूूर्वक भन्न सक्नुु कवि के.सी.को महत्त्वपूूर्ण पक्ष हो । यसै क्रममा मौन आकाश यस सङ्ग्रहको प्रतिनिधि कविता हो जसमा गम्भीर कुुरालाई पनि यति सरल ढङ्गले प्रस्तुत गरिएको छ‍-

मौन थियो आकाश
मौन छन् ओठहरू
मौन मन,
मुुटुु र मस्तिष्क
मौन मन्दिर
मौन शङ्ख र घण्ट
मौन बाग्मती
मौन छन् गुुँड फर्कन लागेका
चराको बथान ।
(मौन आकाशबाट)

चाहे आमा होउन् , चाहे पत्नी होउन् यसमा नारीलाई उच्च सम्मानका साथ हेरिएको छ । त्यसका केही अंश प्रियाको सम्मान शीर्षक कविताबाट –
मेरो घर धान्ने
मेरो थर थाम्ने
मेरो वंश धान्ने
तिमी छौ
र पो म म भएर उभिन पाएको छुु ।

सरलता नै कवि के.सी. को पहिचान हो । अरुलाई लेखाएर कवि बन्न खोज्नेहरूलाई झटारो हान्दै नआत्तिई नमात्तिई मौलिक कविता लेख्ने आफ्नो सदिच्छा ‘रहर’ मा यसरी व्यक्त गरेका छन् –

बिस्तारै बिस्तारै सिक्छुु
लेख्नलाई उम्दा कविता
अरुलाई लेखाएर कवि हुुनुु छैन मलाई ।

प्रा.डा.खगेन्द्रप्रसाद लुुइटेलको समीक्षात्मक भूूमिका, अनेसास बिओटी अध्यक्ष पदम विश्वकर्मा, केन्द्रीय अध्यक्ष गोवर्द्धन पूूजा र नेपाल अध्यक्ष सन्ध्या पहाडीको शुुभकामनाका साथै आफ्ना कुुरा समेटिएको प्रारम्भिक खण्ड र आवरणबाहेक कविता खण्डमा ७२ पृष्ठ रहेको, अन्तर्राष्ट्रिय नेपाली समाज प्रकाशक रहेको यस कृतिको मूूल्य रु. २२५ रहेको छ । ऋषभदेव घिमिरेद्वारा सम्पादित नीलो रङको सामान्य आवरण रहेको यसको आवरणको पृष्ठ भागमा युुवराज नयाँघरे, डा.रेणुुका सोलुु र ऋषभदेव घिमिरेको सङ्क्षिप्त धारणा रहेको छ । समग्रमा भन्नुु पर्दा नेपाली गद्यकविता परम्परामा समसामयिक धाराको यो कृति पठनीय र सङ्ग्रहणीय देखिन्छ ।

प्रतिकृया दिनुहोस्