इलाममा लेकाली सम्मानित

२०८०, चैत १७, इलाम
इलाम साहित्य महोत्सव २०८० को अवसरमा इलाम नगरपालिकाले साहित्यकार राधेश्याम लेकालीलाई नगद पन्ध्र हजार राशिसहित सम्मान गरेको छ । लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्व अध्यक्ष, साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठान, इलाम समाज काठमाडौंका अध्यक्ष हुन् ।

यसैगरी कलाकार कोमल निरौला र मूर्तिकार विष्णुप्रसाद श्रेष्ठ पनि सम्मानित भइका छन्। तीनैजनालाई नगद पन्ध्र हजार राशिसहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो ।

उनीहरूलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भुपाल राई र इलाम नगरपालिकाका मेयर केदार थापाले सम्मानित गरेका थिए ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा दुई दिने ‘इलाम साहित्य महोत्सव’को आयोजना गरिएको हो । “पर्यटनका लागि साहित्य” भन्ने नाराका साथ थालिएको महोत्सवमा नेपाल र भारतका दुई सय बढी साहित्यकार, विश्लेषक, लेखक,राजनीतिकर्मी,  कलाकारको सहभागिता रहेको थियो ।

इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भएको महोत्सवमा साहित्यकार, कलाकार, विश्लेषक, चिन्तक, राजनीतिकर्मी लगायतलाई एकै थलोमा जमघट गराई बहस छलफल थालिएको हो ।

कार्यक्रममा राजनीति, साहित्य, पर्यटन, पर्यावरण, नाटक जस्ता विधामा बहस राखिएको थियो भने विचार, कविता, गजल वाचन महोत्सवको आकर्षणको रुपमा रहेको थियो । 

प्रतिकृया दिनुहोस्