जिउँदा देवता अब महेश्वर पन्त युट्युब च्यानलमा

अङ्ग्रेजी नयाँ वर्ष २०२४ का दिन सार्वजनिक भएको सांगीतिक लघु चलचित्र जिउँदा देवता  जिउँदा देवता अब महेश्वर पन्त युट्युब च्यानलबाट प्रशारण हुने भएको छ । 

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको रचना तथा संगीत रहेको उक्त चलचित्रमा कलाकार तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रमा गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकारद्वय गिर्वाणसिंह थापा र गर्विशा थापाको भूमिका रहेको छ ।

ओएसआर डिजिटलले प्रशारण गरेको यस चलचित्रका प्रस्तुतकर्ता पर्मेश्वर पन्त हुन् भने यसमा प्रवीण वेडवालको स्वर रहेको छ । सामाजिक घटनामा आधारित यस साङ्गीतिक चलचित्रले आम दर्शकको मन जित्ने कुरा निर्देशक सरोज खनालले हामीलाई बताए ।

भिडियो यहाँबाट हेर्नुहोस्

प्रतिकृया दिनुहोस्