‘यात्राको लय’ नियात्रा संग्रह सार्वजनिक

काठमाडौँ नियात्राकार प्रदीप सापकोटाको नियात्रा संग्रह ‘यात्राको लय’  नेपाल स्रष्टा समाजले हालै काठमाडौंमा आयोजना गरेको एक साहित्यिक कार्यक्रमका बीच लोकार्पण गरिएको छ नियात्रा र समीक्षा लेखनमा सक्रिय लेखक सापकोटाको यो दोश्रो नियात्रा संग्रह र तेश्रो प्रकाशित कृति हो।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षता तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्या. रामेश्वर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतम, वरिष्ठ नियात्राकार जय छाङछा, समालोचक ज्ञानु अधिकारी, वरिष्ठ मनोचिकित्सक कवि डाअनन्त अधिकारी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत लगायतको आतिथ्यता रहेको थियो 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा क्या. रामेश्वर थापाले नियात्राकार सापकोटाको लेखन कलाबाट खुसी लागेको बताउँदै पुस्तकलाई अध्योपान्त पढ्ने प्रतिक्रिया दिने अभिव्यक्ति सहित कृतिकारलाई शुभकामना व्यक्त गरे

समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतमले कृतिकारको शिष्ट शालिन व्यक्तित्व नियात्रामा पनि झल्किएको उल्लेख गर्दै अर्को संस्करण पनि चाँडै प्रकाशन हुन सकोस् भन्ने शुभकामना व्यक्त गरे

वरिष्ठ नियात्राकार जय छाङछाले नियात्रा विधामा अहिलेसम्मको सबैभन्दा कान्छो कृतिका रुपमा प्रदीप सापकोटाको कृति आएको उल्लेख गर्दै नियात्राहरु रोचक पठनीय रहेको बताए

अर्की समालोचक ज्ञानु अधिकारीले विगत २० वर्षको समयलाई नियात्रामा समेटिएको बताउँदै ऐतिहासिक, धार्मिक, विकट स्थानका हिसाबले नियात्राहरु रोचक रहेका खुलाइन् । 

कार्यक्रममा भूँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुली, अन्नपूर्णपोष्टका सम्पादक अखण्ड भण्डारी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, डा. अनन्त अधिकारी लगायतले शुभकामना मन्तव्य राखे

कार्यक्रमको समापनका क्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले हवाईजहाज चढेर गएपछि मात्रै नियात्रा लेख्नुपर्छ भन्ने भावना हाबी हुँदा नियात्रामा संख्या थपिए पनि गुणस्तर नआएको बताए गुणस्तरहीन लेखनले नियात्राको विकासमा अवरोध पुर्याएको उनको ठहर थियो 

यसअघि ‘यात्राका इन्द्रेणी रङ’ (नियात्रा संग्रह) र ‘मनको वारपार’ (मुक्तक संग्रह) प्रकाशित गराइसकेका समीक्षक/नियात्राकार प्रदीप सापकोटाले लेखकीय मन्तव्य राख्दै आफूलाई साहित्यको एउटा  असल पाठक र नियात्रा लेखनमा आफूलाई सिकारू भन्न रूचाउने बताउँदै लोकार्पित आफ्नो नवीन  कृतिमा १७ वटा नियात्रा अटाएको उल्लेख गरे । काभ्रेको पनौती-१, रयालेका सक्रिय लेखक उनी महानन्द सापकोटा वाङ्मय प्रतिष्ठानका महासचिव समेत हुन ।

कार्यक्रममा उपस्थितहरुलाई समाजका महासचिव देविका तिमिल्सिनाले स्वागत गरेका थिए भने समाजका सदस्य मधु पाठकले कार्यक्रम सञ्चालन गरेका थिए

‘यात्राको लय’ लोकार्पण समारोहका तस्वीरहरू:

यात्राको लय लोकार्पणका पाहुनाहरू

प्रतिकृया दिनुहोस्