अनेसास जर्मनी च्याप्टरले दोस्रो भौतिक साहित्यिक समारोहको आयोजना सुसम्पन्न गर्यो।

२०८१।असार २४ सोमवार

गत जुलाई ६ तारिख शनिबारका दिन जर्मनीको वायरोइथमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्मनी च्याप्टरले दोस्रो भौतिक साहित्यिक समारोहको आयोजना सुसम्पन्न गर्यो। प्रस्तोताद्वय संस्थाका सचिव गौरव तिवारी र सदस्य सिमा ढुङ्गानाले कार्यक्रम संचालन गरेका थिए ।

अनेसास जर्मनी च्याप्टरका वरिष्ठ उपाध्यक्ष लिलाराज कार्कीको संयोजकत्वमा भएको उक्त साहित्यिक कार्यक्रममा संस्थाकी अध्यक्ष सुजाता घिमिरे जरिष्ठ उपाध्यक्ष लिलाराज कार्की र एनआरनए जर्मनीकी अध्यक्ष निनम्मा राईले भानुभक्तको तस्वीरमा माल्यार्पण तथा दीप प्रज्वलन गरेका थिए।

कार्यक्रममा अनेसास जर्मनी च्याप्टरका सल्लाहकार खड्ग न्यौपानेले आदिकवि भानुभक्त आचार्य र वहाँको योगदानका विषयमा चर्चा गरेका थिएभने साहित्यका विभिन्न विधाहरू गीत, कविता, गजल, मुक्तक वाचन गरिएका थिए ।

यसै क्रममा डाक्टर यज्ञप्रसाद अधिकारीले हाइकुको विषयमा धारणा राख्दै केही हाइकुहरुसुनाएका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

उपस्थित सबैको सहभागिता हुनेगरी तयार गरिएको भाषा, संस्कृति र कला सम्बन्धी हाजिरीजवाफ कार्यक्रमको संयोजन र संचालन अनेसास जर्मनी च्याप्टरका सल्लाहकार सुवासचन्द्र सापकोटाले गरेका थिए ।

उत्साहपूर्वक सम्पन्न उक्त कार्यक्रममा सर्जक मनोजकुमार यादव विजेता भएका थिए। ओझेलमा परेका मधेसको चाडवाड, मैथिली भाषा,साहित्य तथा संस्कृति र मिथिलाको ऐतिहासिक चित्रकलाको संरक्षण प्रवर्धन गर्ने विषयमा भएको रोचक विमर्षले सबैको ध्यान आकृष्ट गराएको थियो।

जर्मनीका विभिन्न क्षेत्रहरु हामबर्ग, म्युनिख, ड्रेसडेन, डुसेलडर्फ, हान्डेलो लगायत विभिन्न भू-भागबाट सहभागिता रहेको वायरोईथको साहित्यिक माहौलले भविष्यमा साहित्यिक समारोह आयोजना गर्न निकै ऊर्जा र हौसला मिलेको आयोजक संस्था अनेसास, जर्मनी च्याप्टरले बताएको छ । साथै यस्ता साहित्यिक कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्वता व्यक्त गर्दै च्याप्टरले वायरोईथवासी सहयोगी मनहरू लगायत प्रविधिमा विशेष साथ दिने कपिल अर्थात् र सौरभ कर्णप्रति एकमुस्ट धन्यवाद ज्ञापन गरेको थियो । धन्यवादका क्रममा च्याप्टरकी अध्यक्ष सुजाता घिमिरेले वायरोईथमा बसोबास गर्नेहरुको हौसला र आतिथ्यताले मन जितेको साथै साहित्यिक ऊर्जा मिलेको बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस्