“भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियो सार्वजनिक

२०८१ भदौ २५, काठमाडौं ।

हेम-सरिता पाठक फाउन्डेसनले आज फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले रचना गरेको भ्रष्टाचारविरुद्धको गीत “भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियोको सार्वजनिक गर्‍यो ।

फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्यमार्फत् अतिथिहरूको स्वागत गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि लोकपृय कलाकार मदनकृष्ण श्रेष्ठ र नेपाल सरकारका पूर्व मुख्यसचिव लीला गड्तौला थिए ।

कार्यक्रममा गीतकार हेम पाठकले विशेष मन्तव्य राख्दै गीत सिर्जना र संस्थाको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए । साथै गीतकार पाठकले आफू नेपालमा रहँदा तीन दशकअघि सामाजिक विकास समाज, अनामनगरमार्फत भ्रष्टाचारविरुद्धको जुलुस निकालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सभाकक्षमा भ्रष्टाचारविरुद्धको कार्यक्रम गरेको स्मरण गरेका थिए ।

सोही अवसरमा गीतकार पाठकले बृद्द भ्रष्टाचारीहरु मरेर गए पनि तिनीहरुको हड्डी जेलमा हालेर असुलउपर गर्नुपर्ने बताएका थिए । फाउन्डेसनकी संरक्षक सरिता पाठकको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका विशिष्ट अतिथिहरु वरिष्ठ सर्जक एवं भ्रष्टाचारविरुद्धको अभियन्ता भरत जंगम, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी. र नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापा वित्यासी रहेका थिए । 

कार्यक्रममा फाउन्डेसनका सल्लाहकारहरु रविन्द्र मिश्र, रामेश्वर फुँयाल, विज्ञान शर्मा, रमेश खरेल, देवेन्द्र सिटौला र तीर्थ कोइराला तथा पूर्व राजदूत अर्जुन कार्की, प्रचार विभाग प्रमुख मातृका पौडेल र नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीको उपस्थिति रहेको थियो ।

म्युजिक भिडियोमा संलग्न कलाकार संगीतकार गायक, निर्देशक आदिको परिचयपश्चात् प्रमुख अतिथिद्वयले उक्त म्युजिक भिडियोको सार्वजनिक गरेका थिए।

यसैगरी संस्थाका भ्रष्टाचारविरुद्धका अभिव्यक्ति दूत किरण के. सी. (म्युजिक भिडियोका नायक), “भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियोकी  गायिका कुन्ती मोक्तान, गायक शिशिर योगी, र सङ्गीतकार बी बी अनुरागी लगायत म्युजिक भिडियोका कलाकारहरु विद्या कार्की, रेश्मा श्रेष्ठ, राजु भुजू,  आर. के. मानन्धर र म्युजिक भिडियोका निर्देशक सुदन के. सी. को उपस्थिति रहेको थियो ।

आइप्लेक्स मल, मध्यबानेश्वर, काठमाडौँमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथिद्वय लीला गड्तौला र  मदनकृष्ण श्रेष्ठ, विशेष अतिथिहरु रविन्द्र मिश्र र प्रा. डा. सुरेन्द्र के. सी. अध्यक्ष सरिता पाठक र कलाकार किरण के. सी.ले आआफ्नो मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको संचालन कार्यक्रम प्रस्तोता विभुषा बस्नेतले गरेकी थिइन् ।  कार्यक्रममा बुद्धिजीवी, पत्रकार, सर्जक, अभियन्ता लगायतको बाक्लो उपस्थितिले हल खचाखच भरिएको थियो ।

प्रतिकृया दिनुहोस्