लिटिल आइडल नेपाल २०२४: प्रतिस्पर्धीहरूको एक महिने प्रशिक्षण सोमबारदेखि सुरु हुने

काठमाडौँ, २८ भदौ। 

विगत दुई दशकदेखि मोडलिङको क्षेत्रमा क्रियाशील ट्रिवेल फेशन कन्सर्न प्रा.ली.ले हरेक वर्ष आयोजना गर्दै आएको लिटिल आइडल नेपाल २०२४ को पाँचौँ संस्करणको प्रतियोगिताको सोमबारदेखि प्रशिक्षण सुरु हुने भएको छ।

यस पाँचौं संस्करणको प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्रका विभिन्न विद्यालयका बालबालिकासँगै अन्य नगरपालिकाका बालबालिकाले पनि भाग लिने र विभिन्न विधामा प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएका छन्।

दशैँ र तिहारको अवधिपछि फाइनलका लागि सोमबारदेखि एक महिने प्रशिक्षण सुरु हुनेछ। गत बिहीबार यस प्रतियोगितामा भाग लिने प्रतियोगीका अभिभावकसँग छलफल गरिएको थियो।

अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठका अनुसार प्रतियोगीलाई दुई जना अनुभवी प्रशिक्षकले एक महिनासम्म प्रशिक्षण दिनेछन्, जसपछि फाइनलका लागि छनौट गरिनेछ। गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा आयोजना हुने यो प्रतियोगितामा विजेताले नगद र ट्रफी पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस्