अनेसास बोस्टनले मनायो मोती जयन्ती

अनेसास बोस्टनले गत मिति 2024 सेप्टेम्वर 15 का दिन विभिन्न कार्यक्रमका साथै कविता तथा गजल वाचन गरेर मोतीजयन्ती मनाएको छ।

उक्त समारोहको सभापतित्व अनेसास बोस्टनका वरिष्ठ उपाध्यक्ष विजय शर्माले गरेका थिए। समारोहमा बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त, अनेसास केन्द्रका निवर्तमान अध्यक्ष गोवर्धन पूजा, वर्तमान वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, राजमित्र प्रतिष्ठानका संरक्षक शुशील नेपाल, बोस्टन च्याप्टरका कोषाध्यक्ष तथा हिमालयन लायन्स क्लवका अध्यक्ष थानीरत्न कंडेल, ब्लड डोनर्स अफ अमेरिका म्यासाचुसेट्सका अध्यक्ष राम थापा, प्याबफोन बस्टनका बिओटी सभापति सुशील पौडेल, प्याबफोन बोस्टनका कार्यसमिति अध्यक्ष बिरोचन नेपाल, नेपाली पशुपतिनाथ मन्दिरका पडिंत गोकुल कंडेल लगायत अनेसासका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु सहित साहित्यकार साहित्यानुरागीहरुको बाक्लो उपस्थिति थियो।

कार्यक्रमको पहिलो चरणमा अनेसासका केन्द्रीय निवर्तमान अध्यक्षको बिदाइ र हालै निर्वाचित वरिष्ठ उपाध्यक्षको स्वागत कार्यक्रम थियो। सो समारोहलाई सम्बोधन गर्दै बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले दुबै स्रष्टाहरुलाई खादा पहिराउँदै स्वागत तथा बिदाइका मन्तव्य राखेका थिए । बोस्टनको कार्यसमितिले पाएको माया र अब पाउने माया दुबैको मूल्याकंन हुने भन्दै पन्तले निवर्तमान अध्यक्ष पूजाले गर्दा बोस्टन च्याप्टरलाई विश्वव्यापीकरण गर्न सजिलो भएको कुरा बताए । त्यसै क्रममा बोल्दै निवर्तमान अध्यक्ष गोवर्धन पूजाले बोस्टनले आफूलाई सफल बनाउनमा ठूलो भूमिका खेलेको भन्दै सबै कार्ससमिति सदस्यहरु र आजीवन सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमलाई स्वागत भाषण गर्दै सदस्य दीपेन्द्र पोखरेलले मोतीको बारे पनि सानो कथा र उनको एक गजल वाचन गरेका थिए। अन्त्यमा धन्यवाद ज्ञापन गर्दै वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदीले बस्टनका कार्यसमिति सदस्यहरु र सबै मतदाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

मोतीको समंझनामा कविहरु विनिता काफ्ले, दिपा राई पून, अभि गजुरेल, थानीरत्न कँडेल, भीम पाध्याय, प्रकाश खड्का, महेश्वर पन्त, गोवर्धन पूजा, लालगोपाल सुवेदी, शुशील नेपाल, हरि काफ्ले ‘शैव’ लगायतले हाईकु, कविता तथा गजल वाचन गरेका थिए।

अन्तमा कार्यक्रमलाई अर्को मोड दिँदै बोस्टन च्याप्टर अध्यक्षले आगामी वर्ष 2024 देखि 2026 सम्मका लागि नयाँ कार्यसमितिको चयन गर्नका लागि निर्वाचन समितिको नाम सुनाउँदै संयोजकमा गोवर्धन पूजा, सह-संयोजकमा हरि काफ्ले र सदस्यमा सानु वर्मा अधिकारीको नाम तोकेका थिए र समितिले ताली बजाएर अनुमोदन गरेको थियो। उक्त समितिले यही अक्टुवरको 25 तारीख सम्ममा निर्वाचन सम्मपन्न गरेर नयाँ कार्यसमितिको घोषँणा गर्नुपर्ने छ। अनेसास बोस्टनले नोभेम्वरको पहिलो हप्ता साधारणसभा तथा लक्ष्मीजयन्ती गरेर नयाँ कार्यसमितिको पद हस्तान्तरण समेत गर्ने छ। सोही अवसरमा अनेसासका नयाँ बोर्ड अफ ट्रस्टिद्वय थानीरत्न कंडेल र बिरोचन नेपाललाई बिओटीमा आएकोमा स्वागत र बधाई दिँदै गोवर्धन पूजाले खादा लगाएर सम्मान गरेका थिए।

उक्त कार्यक्रममा बोस्टन कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विजय शर्माको जन्मदिनको परेकोले च्याप्टरले जन्मदिनको शुभकामना दिँदै केक काटेर मनाएको थियो।

अन्तमा सभाका सभापति विजय शर्माले सभा विसर्जन गर्दै बोस्टन च्याप्टरका सबै पदाधिकारी तथा आजीवन सदस्यहरुलाई मिलेर काम गर्न सुझाएका थिए ।

कार्यक्रमको सन्चालन सचिव प्रकाश खड्काले गरेका थिए भने कार्यक्रम 594 वासिगंटन स्ट्रिट, ब्रेनट्रि, बोस्टन म्यासाचुसेट्स, नेपाली कम्युनिटी सेन्टरमा गरिएको थियो।

प्रतिकृया दिनुहोस्