महेश्वर पन्तको ‘म त परेँ प्यारमा’ भोलि सार्वजनिक हुने
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास संस्कृति समितिका संयोजक साहित्यकार, गीतकार, संगीतकार महेश्वर पन्तको म त परेँ प्यारमा गजल भोलि अर्थात् ३१ जनवरी २०२५ शुक्रवार सार्वजनिक हुने भएको छ ।
यस गीतमा उत्कृष्ट नृत्य गरी भिडियो पोस्ट गर्ने कलाकारहरूलाई छनौट गरी प्रथम हुनेलाई नगद रु. २५००० पुरस्कार दिने र म्युजिक भिडियोमा मोडेलको रुपमा प्रस्तुत गरिने कुरा महेश्वर पन्तले बताएका छन् ।
पन्तको रचना तथा संगीत रहेको उक्त गजललाई प्रसिद्ध गायक थानेश्वर गौतमले गाएका छन् ।
यस गीतमा उत्कृष्ट नृत्य गरी भिडियो पोस्ट गर्ने कलाकारहरूलाई छनौट गरी प्रथम हुनेलाई नगद रु. २५००० पुरस्कार दिने र म्युजिक भिडियोमा मोडेलको रुपमा प्रस्तुत गरिने कुरा महेश्वर पन्तले बताएका छन् ।
सो पुरस्कारमा भाग लिनका लागि अपनाउनुपर्ने नियमहरु गीत सार्वजनिक भएपछि प्रकाशन गरिने कुरा पन्तले बताएका छन् ।
गीत तथा संगीतकार पन्तका यसअघि गौथली चरी, जिउँदा देवतालगायतका म्युजिक भिडियो एवं सांगीतिक लघु चलचित्र प्रदर्शन भएका छन् भने दर्जनौँ गीतहरु लेखन तथा संगीतबद्ध भएका छन् ।
उनका कृतिहरुले नेपाली वाङ्मयमा उच्च स्थान प्राप्त गर्न सफल भएका छन् भने आधा दर्जनभन्दा बढी कृतिहरु बजारमा आइसकेका छन् ।
फुर्लुङ, बौलाको डायरीजस्ता विभिन्न पुरस्कारबाट पुरस्कृत उपन्यासका सर्जक महेश्वर पन्त हाल अमेरिकाको बोस्टनमा बस्छन् भने उनको धर्तीमुनिका तारा कृति प्रकाशोन्मुख रहेको छ ।
नेपाली लोककला संस्कृतिको प्रवद्र्धन तथा अन्तर्राष्ट्रियकरण गर्ने अभियानमा लागेका पन्त कालीभक्त–कृष्णा पन्त अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक हुन् ।
यस पुरस्कारबाट पुरस्कृत पहिलो व्यक्तित्व सत्यमोहन जोशी थिए भने हालसम्म यस क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका आधा दर्जन व्यक्तित्वहरु यस पुरस्कारबाट पुरस्कृत भएका छन् । हरेक दुई वर्षमा प्रदान गरिने यो पुरस्कारको राशी विदेशमा १००० अमेरिकी डलर रहेको छ भने नेपालमा रु. १,००००० रहेको छ ।