कथाकार हरिश कल्पितको कथाकृतिहरु “ग्याबृयले” र “आस्था”को परिचर्चा कार्यक्रम

२०८१ माघ २५, काठमाडौं ।
साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कथाकार हरिश कल्पितको कथाकृतिहरु “ग्याबृयले” र “आस्था”को परिचर्चा कार्यक्रम सप्पन्न गर्यो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा समालोचकहरु डा. अम्बिका अर्यालले “आस्था” कथाकृति र डा. शोभा ढुंगानाले “ग्याबृयले” कथाकृतिको परिचर्चा गरेका थिए ।
सोही कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ आख्यानकार पद्मावती सिंह र अध्यक्ष लेकालीले कथाकार हरिश कल्पितलाई सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सिंह र अध्यक्ष लेकालीले आआफ्नो मन्तव्य राख्नु भएको थियो । यसैगरी कार्यक्रममा कृतिकार हरिश कल्पितले आफ्नो सिर्जना यात्राबारे मन्तव्य राखेका थिएभने कार्यक्रमको संचालन साहित्यकार मन्जिला अनिलले गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्