अनेसास न्यू ह्याम्पसायरमा सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न

 १० रिभरसाईड रोड – हुक्सेट टाउन अफ एन एचमा, अनेसास न्यूह्यामसायरले फेब्रुअरी १५,२०२५ मा एक भव्य समारोहका बीच विद्याकी देवी सरस्वती माताको पूजा, अर्चना र बाल प्रतिभा प्रदर्शन कार्यक्रम आयोजना गर्यो ।

च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको सभापतित्वमा तारादेवी न्यौपानेबाट मन्त्रोचारणसँगै सुरू भएकोसरस्वती पूजापाठको कार्यक्रममा प्रमुख अतिथिको रूपमा अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष , वरिष्ठ साहित्यकार लालगोपाल सुवेदीलाई आमन्त्रण गरिएको थियो ।

प्रमुख अतिथि , विशेष अतिथि ,उपस्थित सम्पूर्ण अभिभावक र बाल बालबालिकाहरू समेत सबैले क्रमश: पालैपालो सरस्वती माताको फोटोमा पूजा आरधना गरेका थिए ।

च्याप्टर अध्यक्ष एवम् चर्चित गायक हरिमाया अधिकारी खतिवडाले सरस्वती बन्दना गायनद्वारा माहोल संगीतमय बनाइन् ।उनकै अगुवाईमा नेपाली र अंग्रेजी राष्ट्रिय गीतहरू समूहगत रूपमा गाइयो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै कवि लालगोपाल सुवेदीले अनेसास न्युह्याम्शर च्याप्टरले नेपाली संस्कृति ,कला र साहित्यलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्नमा अग्रणी र उदाहरणीय नमुना प्रस्तुत गर्दै आएको तथ्यबारे प्रकाश पारे ।

केन्द्रकी निवर्तमान महासचिव विमला निरौलाले बाल बालबालिकाहरूबाट नै बाल-कार्यक्रम संचालन गरिएमा उनीहरूको आत्मविश्वास बढ्ने तर्क प्रस्तुत गरिन् ।

च्याप्टर कोषाध्यक्षद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा साहित्यकार महेश्वर पन्तले नेपाली भाषाको पुस्तान्तरण र सुनिता दहालले सकारात्मक जीवनशैली बारे आ-आफ्नो धारणा व्यक्त गरे ।अनु शाहले आफ्नै जीवन भोगाइलाई विषय बनाइएको कविता प्रस्तुत गरिन् भने न्युयोर्कबाट आई सहभागिता जनाएकी विजया सिंखडाले आफूले आफैलाई चिन्न सक्नु नै सुखी र खुसी भई जीवनलाई सार्थक बनाउनुको मूल सूत्र हो भन्ने गहन भावयुक्त कविता प्रस्तुत गरिन् ।

स्मरणीय छ स्थानीय अंग्रेजी भाषी मैथ्यु थमस, प्रदीप कार्की, सुवास श्रेष्ठ , काजीरत्न महर्जन,विनोद कार्की,, डा. पुष्पमान जोशी, मोहन-विमला निरौला दम्पति, राम श्रेष्ठ, घनश्याम शर्मा दहाल, रविन थापा,राम श्रेष्ठ, प्रयूष रायमाझी,प्रतीक भट्ट,मारिया अग्लिबोट, प्रकाश रायमाझी, उषा रायमाझी,शारदामाया भट्ट, हरिमाया अधिकारी, कमल ढुंगाना, मैया ढुंगाना, अंशु श्रेष्ठ , शिवकुमार राई, गायक तथा संगीतकार अग्नि पराजुलीहरू उक्त कार्यक्रमका लागि सहयोगी हातहरू हुन् ।

कसैले नगद , कसैले खाना , कसैले प्राविधिक , कसैले व्यवस्थापन लगायतका क्षेत्रमा हात र साथ दिएकोमा सुरुदेखि अन्त्यसम्म खटेर कार्यक्रम संचालन गरिरहेका प्रधान सम्पादक ईश्वरी भट्टले विशेष आभार तथा धन्यवाद व्यक्त गरे यस पटकको कार्यक्रम अलि भिन्नरूपले संचालन गरियो ।

आफूमा अन्तर्निहित जुनसुकै प्रतिभा प्रस्तुत गर्न पाइने स्वतन्त्रता बालबालिकालाई प्रदान गरियो ।यसै अनुरूप तिन वर्षदेखि १६वर्षसम्मका दुई दर्जन बालबालिकाले कसैले नृत्य , कसैले समूह नृत्य, कसैले गायन, कसैले चित्रकला आदि प्रस्तुत गरे ।पहिले सही उत्तर दिनेलाई उपहार दिने प्रक्रिया अनुरूप हाजिरी जवाफ संचालन गरियो ।

बालबालिका सँधै उत्साहित भइरहून् भन्ने उद्देश्यले सबै सहभागी बालबालिकालाई नगद पुरस्कार ,आकर्षक प्रमाणपत्र र खादाले सम्मान गरियो ।

सम्मानित हुने सहभागी बालबालिका यस प्रकार छन् :

१, संजालिका राई- नृत्य

२, रिदुम राई- नृत्य

३, हिमानी भट्टराई- नृत्य

४, कुसुम अक्याल- नृत्य

५, अर्भिन वैद्य- समुह नृत्य

६, आइरिष पुन- समुह नृत्य

७, सर्निक ढुंगाना- समुह नृत्य

८, संभि भट्टराई- नृत्य

९, सुशान भट्टराई- नृत्य

१०, सोहाम भट्टराई- नृत्य

११, इशान किराँत राई- प्रवचन

१२, श्रीषा तिमिल्सिना – नृत्य

१३, प्राप्ति आचार्य- गायन/ नृत्य

१४, प्रणव आचार्य- गायन/ नृत्य

१५, सावत न्यौपाने- चित्रकला

१६, इरिका गुरूङ- चित्रकला

१७, निकिता गुरूङ- चित्रकला

१८, कृषा गुरूङ- चित्रकला

१९, सारू गुरूङ- चित्रकला

२०, जेस्ना राना- चित्रकला

२१, अव्य संग्रौला- नृत्य

२२, पृन्सिया चापागाईं नृत्य

२३, सानु ढुंगाना- नृत्य

२४, पृया आचार्य- नृत्य

अन्त्यमा, समारोहमा हरेकको उपस्थिति, साथ र सहयोगका कारण नै समारोह भव्य र सभ्य हुन सकेको तथ्य उजागर गर्दै च्याप्टर अध्यक्ष तथा समारोहकी सभापति हरिमाया अधिकारीले सभा विसर्जन गरिन् ।

प्रस्तुत समाचार लेखन अनेसास न्युह्याम्शायर च्याप्टरका प्रधान सम्पादक  ईश्वरी भट्टको हो। 

प्रतिकृया दिनुहोस्