कविता प्रतियोगितामा सहभागी हुन अनेसासको आह्वान

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको सहयोगमा अनेसास न्यु साउथ वेल्स च्याप्टरले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर विश्वव्यापी कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही जून ९ तारिखको दिन आयोजना हुने प्रतियोगिताका लागि कविताको विषय ‘सगरमाथा र हिमाली भेगको संरक्षण’ तोकिएको छ । उक्त विषयमा आधारित भई कविता लेखेर संसारभरका विभिन्न देशमा छरिएर रहेका कवि तथा साहित्य अनुरागीहरूलाई प्रतियोगितामा सहभागी हुन अनेसासले आह्वान गरेको छ ।

प्रतियोगितामा भाग लिनको लागि जून महिनाको ४ तारिखभित्र [email protected] मा इमेलमार्फत कविता पठाउनु पर्ने बताइएको छ ।

प्राप्त कविताहरू मध्येबाट अनेसास केन्द्रले छनौट गरेका तीनजना विशिष्ट साहित्यकारहरूको छनौट समितिले छानेका १० वटा कविताहरू  जूम कार्यक्रममार्फत वाचन गर्न सम्बन्धित कविहरूलाई अवसर दिइने र सो सम्बन्धी विस्तृत जानकारी इमेल तथा सामाजिक संजालबाट गराइने पनि अनेसासले जानकारी गराएको छ ।

प्रतियोगितामा प्रथम हुने एक जनालाई ३०० अमेरिकी डलर र दुई जनालाई  १०० अमेरिकी डलरको सान्त्वना पुरस्कार प्रदान गरिने कुरा अनेसासद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्