अनेसास (डेनमार्क)ले कविता प्रतियोगिता आयोजना गर्दै

डेनमार्क । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरले कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।
फेसबुक एकाउण्टबाट शनिवार उक्त प्रतियोगिताको घोषणा गर्दै अनेसास डेनमार्क च्याप्टरका पदाधिकारी बाहेक इच्छुक सम्पूर्ण कविहरूलाई प्रतियोगितामा सहभागि हुन आह्वान गरिएको छ । अनेसास डेनमार्क च्याप्टरले प्रतियोगिताका लागि जुलाई १५ सम्म गद्य वा पद्य कविता पठाउन कवि कवयित्रीहरुमा अनुरोध समेत गरेको छ । कविता बढीमा २०० शब्द सम्मको हुनुपर्ने घोषित नियममा उल्लेख छ ।
प्रतियोगितामा विजेता कविलाई पुरस्कारस्वरुप पुस्तक, प्रमाण पत्र र अन्य आकर्षक पुरस्कार प्रदान गरिने कुरा आयोजक डेनमार्क च्याप्टरले जानकारी गराएको छ ।
प्रतियोगिताका लागि यही सन् २०२५ जुलाई महिनाको १४ तारिखभित्र कविता [email protected] मा पठाउन सकिने जनाइएको छ भने प्रतियोगिताको नतीजा अगष्ट १४ तारिखमा सार्वजनिक गरिने कुरा जारी सूचनामा उल्लेख छ ।