अनेसासको दुई दिने काव्यिक यात्रा सहित छैटौँ च्याप्टर सम्मेलन सम्पन्न

बेल्जियम — गत सोमबार अर्थात २३ जूनको दिन बेल्जियमको डाइमण्ड शहर आन्थ्रोपेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टर सम्मेलन बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यता र अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछानेको बिशेष आतिथ्यतामा उद्घाटन भएको सम्मेलन संगठन र भाषा साहित्यबारे तीन दिनसम्म चलेर जून २५ मा सकियो ।
नेपाली राष्ट्रिय गीतबाट अघि बढेको समूद्घाटन सत्रमा अनेसास केन्द्रका उपाध्यक्ष डिल्ली अम्माई र बेल्जियम च्याप्टरका महासचिव गोपाल दाहालले संचालन गरेको सम्मेलन ११ बुँदे घोषणा जारि गर्दै समापन गरिएको हो ।
उद्घाटन सत्र पछि राष्ट्रिय गान बजाइयो। संसारभरिबाट आएका अनेसासका प्रतिनिधिहरुलाई अनेसास फ्रान्सका प्रशान्त उप्रेतीले साहित्य पोष्टले प्रायोजन गरेको अनेसासको लोगो र नाराअंकित अल्लोको झोला वितरण गरेका थिए ।
अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा चलेको उक्त सत्रमा अनेसास बोर्ड अफ ट्रष्टी (बिओटी)का सभापति पदम विश्वकर्माको विशिष्ट उपस्थिति थियो ।
उद्घाटन सत्रमा बिशिष्ट अतिथिको रुपमा एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा,विशिष्ट अभियन्ताहरु प्राध्यापक डा. हेमराज शर्मा, लोक दाहाल, गंगाधर गौतम, फणिन्द्र पन्त, प्रा. डिपी शर्मा मैनाली, पुष्प बरुवाल, चित्र सुवेदी, बिष्णु भुजेल, मदन दवाडी, भीम सुवेदी, दीपक न्यौपाने, गोविन्द भट्ट, विनोद न्यौपाने, विनोद बानिया, मुना राई, यामु निरौला, रविन्द्रमान श्रेष्ठ, रजनी प्रधान लगायतले सम्मेलन सफलताको शुभकामना दिए ।
विशेष उपस्थितिमा अनेसासका निवर्तमान अध्यक्ष तथा साहित्यकार गोबर्धन पूजा, वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, उपाध्यक्षद्वय डिल्लीराम अम्माई र सुदिपभद्र खनाल, सांस्कृतिक समितिका संयोजक महेश्वर पन्त, बाल समितिका संयोजक सुरेन उप्रेती, बिओटी सचिव नारायण अधिकारी र कोषाध्यक्ष नेत्रबन्धु पोख्रेल, संसारभरिका अनेसास नेतृत्व तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त अनुष्ठानको उद्घाटनमा उपस्थित सबैलाई अनेसास केन्द्रको तर्फबाट वरिष्ठ साहित्यकार तथा वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले शुभकामना मन्तब्य दिनुभयो भने विभिन्न देशबाट बेल्जियम आएका पाहुनाहरुलाई ‘अतिथि देवो भव’ भन्दै अनेसास बेल्जियमका उपाध्यक्ष लोकनाथ शर्माले मन्तब्य मार्फत स्वागत दिए ।
कार्यक्रमको दोश्रो चरणमा अनेसास बेल्जियम तथा युरोपका सल्लाहकार कवि ब्रह्मदत्त वाग्लेले बेल्जियममा नेपाली भाषा साहित्यको विकासमा अनेसासले खेलेको भूमिका, नेपाली भाषा स्कुलहरुको अवस्था र अनेसास बेल्जियम बिकासक्रमबारे टिप्पणी-मन्तब्य दिए ।
त्यसलगत्तै अनेसास युरोपका सह-संयोजक पंचम अधिकारीले अनलाइन हाजिर जवाफ प्रतियोगिता संचालन गरे । उक्त प्रतियोगितामा प्रथम हुनेलाई एक सय युरो डलर पुरस्कार राखिएको थियो भने दोश्रो पुरस्कार अनेसास बेल्जियमले प्रकाशित गरेको ‘युरोपका कविताहरु’ नामक कविता संग्रहको किताव र कथाकार पंचम अधिकारी आँफैद्वारा प्रकाशित ‘प्रवाशीको देश हुन्न’ नामक कथा संग्रह रहेको थियो ।
प्रश्नोत्तरमा प्रथम पुरस्कारको प्रायोजन बिओटी सभापति पदम विश्वकर्माले प्रायोजन गरेका थिए । हाजीर जवाफ प्रतियोगीतामा बोष्टनबाट गोबर्धन पुजा प्रथम भएका थिए भने दोश्रो हुनेमा क्यानाडामा बस्ने साहित्यकार सुरेन उप्रेती थिए ।
कार्यक्रमको तेश्रो चरणमा विभिन्न कविहरुले कविता बाचन गरे भने अनेसास युरोपका सल्लाहकार गायक खड्क न्यौपाने, गजल गायक महेश्वर पन्त र अनेसास पोल्याण्डका अध्यक्ष सुसन बर्देवा, प्रसिद्ध गजल गायक हरिमाया अधिकारी, अनेसास पोर्तुगलका अध्यक्ष एनबी अन्जान लगायतले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।
दोश्रो दिन, अनेसास अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रष्टी (बिओटी)का सभापति पदम विश्वकर्माले शुभकामना मन्तब्य दिएर २४ जूनको पहिलो चरणको कार्यक्रमको शुरुवात गरेका थिए ।
दोश्रो चरणमा अनेसास क्यानडाका संस्थापक अध्यक्ष तथा अनेसास बाल समितिका संयोजक सुरेन उप्रेतीलाई ‘अनेसास हिरो’को घोषणा गरियो । त्यसपछि उनलाई अनेसासका अध्यक्षले दोसल्ला ओढाएर सम्मान गर्दै पुरस्कार समेत प्रदान गरेका थिए ।
सम्मेलनले बिशेष सम्मान गरिनेमा अनेसास हिरो क्यानडाका सुर्न उप्रेती र अनेसास पोर्चुगलको संस्थापक अध्यक्ष केजिन राई ( सन २००० — २०१० सम्म संस्थापक अध्यक्ष र युरोप क्षेत्रबाट केन्द्रीय सचिब २००७ ) समेत थिए ।
कार्यक्रमको तेश्रो चरणमा अनेसासका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीद्वारा लिखित ‘युरोपका नेपाली स्रष्टा’ नामक पुस्तक, उपाध्यक्ष डिल्ली अम्माई (अनाथ अङ्कल) को ‘निरपेक्ष अस्तित्वको खोज’ नामक कविता संग्रह लगायत दर्जन जति साहित्यकारहरुका पुस्तकहरु अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले, बिओटी सभापति पदम विश्वकर्मा, अनेसासका सल्लाहकार तथा साहित्यकार गोबर्धन पुजा, वरिष्ठ नेपाली भाषाविद प्रो. राम पाण्डे, डा. प्राध्यापक कविता लामा, प्राध्यापक पुष्पा शर्माले विमोचन गरेका हुन् ।
कार्यक्रमको चौथो चरणमा अनेसासका शाखा अध्यक्ष तथा प्रतिनिधिहरुले आ-आफ्नो शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत गर्ने च्याप्टरहरुमा अनेसास बेलायत, बोस्टन, बेल्जियम, क्यानाडा, बोर्ड अफ ट्रष्टी, फ्रान्स, नोर्थ करोलाना, नर्वे, सिक्किम, जर्मन, पोर्चुगल, स्पेन, पोल्याण्ड, जोर्जिया, नेब्रास्का, कोरिया, जापान, युरोपलगायत रहेका छन् ।
च्याप्टर सम्मेलन दोश्रो दिनको पाँचौ चरणमा अनेसास ‘भारतमा नेपाली साहित्य,आधुनिक वैश्विक लेखकीय धार तथा लिला लेखन’ भन्ने विषयमा चर्चापरिचर्चा तथा बहस कार्यक्रम गरिएको छ। उक्त विषयमा सिक्किमबाट सम्मेलनमा आउनु भएका प्राज्ञ डा. प्राध्यापकद्वय कविता लामा, प्रध्यापक पुष्पा शर्मा र अमेरिकाबाट आउनुभएका लीलालेखन विज्ञ साहित्यकार नारायण अधिकारीले उक्त विषयबारे बहस गरे। उक्त बहसको सहजीकरण प्राध्यापक उषा शर्माले गरेकी थिइन् ।
कार्यक्रमको छैटौँ चरणमा अनेसासका निवर्तमान अध्यक्ष गोबर्धन पूजाद्वारा ‘अनेसास च्याप्टर हिजो, आज र भोलि’ शीर्षकको कार्यपत्र प्रस्तुत गरियो भने साहित्यकार तथा अनेसास युरोपका सहसंयोजक पंचम अधिकारीले ‘नेपाली साहित्यमा युरोपेली भाष्य र भविष्य’नामक कार्यपत्र प्रस्तुत गरेका थिए । ती दुवै कार्यपत्रलाई सम्मेलनले अनेसासको सम्पतिको रुपमा स्वीकार गरेको थियो ।
तेश्रो दिन, अर्थात जून २५ तारिक,अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को छैटौं विश्व च्याप्टर सम्मेलन ११बुँदे घोषणा पत्रसहित समापन भएको छ ।
अनुष्ठानको तेश्रो दिन बेल्जियमको आन्त्वेर्पेन शहरमा समारोह सम्पन्न भएको हो । २५ जुन बुधबार अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले र संयोजक सौरभ कारंजितले अन्तराष्ट्रिय च्याप्टर सम्मेलनको अन्त्य भएको घोषणा गरेका हुन् ।
समापन समारोहमा उत्कृष्ट च्याप्टरहरुलाई पुरस्कार वितरण गरियो भने सहभागी च्याप्टर प्रतिनिधिहरुलाई प्रमाणपत्र सहित मायाको चिनो प्रदान गरियो । सम्मेलनले बिशेष सम्मान गरिनेमा अनेसास हिरो क्यानडाका सुर्न उप्रेती र अनेसास पोर्चुगलको संस्थापक अध्यक्ष केजिन राई ( सन २००० — २०१० सम्म संस्थापक अध्यक्ष र युरोप क्षेत्रबाट केन्द्रीय सचिब २००७ ) समेत थिए ।
समापन समारोहको अर्को चरणमा घोषणापत्र तयार गर्न डा. प्राध्यापक कविता लामा, प्रतिमा केसी र मीरा कोइरालालाई जिम्मेवारी दिइएको थियो । समापन समारोहको दोस्रो चरणमा अनेसास बोर्ड अफ ट्रष्टी (बिओटी)का सभापति पदम विश्वकर्माले संगठन, गतिविधि तथा संस्थागत विकाशको बारेमा आफ्नो बिचार सहित सांगठानिक प्रशिक्षण दिएका थिए ।अन्त्यमा अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले र सम्मेलन संयोजक सौरभ कारंजितले संयुक्त रुपमा सम्मेलनको समापन गरेका थिए ।
जूनको २६ र २७ तारिखका दिन निदरल्याण्ड, वाटर लु, ब्रुसेल्स लगायतका युरोपकै ऐतिहाँसिक स्थानहरुको साहित्यिक अबलोकन भ्रमण सम्पन्न भएको थियो ।