‘विश्वराज अधिकारी : अनुभूतिका विविध प्रवाहमा’ पुस्तक सार्वजनिक

२०८२ असार १२, काठमाडौं ।

 

नारी स्रष्टा समाजले साहित्यकार ममता मृदुलले सम्पादन गर्नु भएको ‘विश्वराज अधिकारी : अनुभूतिका विविध प्रवाहमा’ पुस्तक सार्वजनिक गर्‍यो ।

डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा हिजो नारी स्रष्टा समाज, विराटनगरले आयोजना गरेको एक विशेष कार्यक्रममा विश्वविमोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा, नाट्यकर्मी अशेष मल्ल, साहित्यकार राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, शरद प्रधान, कल्याण पन्तलगायतले उक्त कृतिको विमोचन गरेका थिए ।

कार्यक्रममा अध्यक्ष मृदुल, प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिहरु मल्ल, लेकाली, रोदन, प्रधान, पन्तले विशेष मन्तव्य राखेका थिए । प्रमुख अतिथि श्रेष्ठले विश्वराज अधिकारीले अमेरिका बसेर पनि नेपाली भाषा साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरेकाथिए ।

नाट्यकर्मी मल्लले अधिकारीले सात समुद्रपारि रहेर नेपाली भाषा साहित्यका विषयमा सोच्दै आएको प्रसंग उठाउँदै अब साहित्यमा भ्रष्टाचारमुक्त मुलुकको कल्पना गर्ने दर्शन पनि प्रस्तुत हुनुपर्ने धारणा राखे ।

विशिष्ट अतिथि लेकालीले सम्पादक मृदुललाई मोतीरामको कार्य गरेको भन्दै अधिकारीको योगदानको चर्चा गरेका थिए । साथै उनले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको लागि सुझाव पनि दिएका थिए ।

समीक्षात्मक टिप्पणी गर्दै रमेन्द्र कोइरालाले कृतिबारे चर्चा गरेका थिए ।  लोकार्पित ‘विश्वराज अधिकारी : अनुभूतिका विविध प्रवाहमा’ कृतिकी सम्पादक ममता मृदुलले पुस्तक प्रकाशनको कारणबारे स्पस्ट गर्दै यसअघि अशेष मल्लबारे यस्तै पुस्तक प्रकाशन गरेको बताए ।  पुस्तकमा अधिकारीले लेखेका कृतिहरूमाथि विभिन्न सर्जकहरूले गरेको समीक्षा समावेश गरिएको छ । 

अधिकारीका चलिस बढी पुस्तक प्रकाशित छन् । कार्यक्रममा साहित्यकारहरू अधिकारी, रोदन, शरद प्रधान, कल्याण पन्तलगायतले आ–आफ्ना भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण कवि रामकुमार पण्डितले गरका थिए । 

 

प्रतिकृया दिनुहोस्