वासुशशि स्मृति परिषद्को अध्यक्षमा कालीप्रसाद रिजाल

२०८२ साउन ७, काठमाडौं ।

वासु शशी स्मृति परिषद्को आज सम्पन्न साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेको छ।

परिषद्की कार्यवाहक अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजित सो साधारण सभाले अध्यक्षमा कालीप्रसाद रिजाल, उपाध्यक्षमा श्रीओम श्रेष्ठ “रोदन”, सदस्य-सचिवमा प्रद्युम्न जोशी, कोषाध्यक्षमा श्याम प्रधान र सदस्यहरूमा क्रमशः ध्रुव मधुकर्मी, यादव भट्टराई र नीना जोशी चयन गरेको छ।

यसैगरी परिषद्को संरक्षकमा श्रीमती जुलुम वैद्य र सल्लाहकारहरूमा यादव खरेल र राधेश्याम लेकाली रहेका छन् ।

परिषद्ले गत २०८२ जेठ १८ गते दिवङ्गत भएका परिषद्का अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको शोक प्रस्ताव पारित गरेको छ भने यसै वर्षदेखि “वासु शशी स्रष्टा पुरस्कार”को पनि स्थापना गर्ने निर्णय गरेको छ ।

साधारणसभामा प्रशासनिक र आर्थिक प्रतिवेदन प्रस्ताव, छलफल र पारित गरिएको थियो ।

प्रतिकृया दिनुहोस्