राष्ट्रिकाको साधारणसभाले चयन गर्यो नयाँ कार्यसमिति

काठमाडौं । राष्ट्रिका साहित्य प्रतिष्ठानको साधारणसभा सम्पन्न भएको छ । विहिबार काठमाडौंमा सम्पन्न साधारणसभामा संस्कृति संवाद समेत आयोजना गरिएको थियो ।
संवाद कार्यक्रमका प्रमुख अतिथि प्रा. पुरुषोत्तम दाहालले साहित्यलाई संस्कृतिसँग जोड्नु आजको आवश्यकता भएको बताए । नेपाल स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संस्कृतिको जगेर्ना गर्न जरुरी भैसकेको बताउँदै नयाँ पुस्तालाई समेत साहित्यमा आकर्षित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा साहित्यकार पवन आलोक, प्रा. डा. जीवन अधिकारी, चिनिमायाँ माझी लगायतले शुभकामना मन्तव्य दिए । ऋषभदेव घिमिरेको सभापतित्वमा भएको कार्यक्रम मधु पाठकले सञ्चालन गरेका थिए ।
अध्यक्षमा घिमिरे
साधारणसभाले ऋषभ देव घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा डा. शान्तिमाया गिरी र महासचिवमा मधु पाठक चयन भएका छन् ।
सचिवमा सुमन घिमिरे र कोषाध्यक्षमा हरिवोल ढकाल चयन भएका सो प्रतिष्ठानको नयाँ कार्यसमिति सदस्यहरुमा सुष्मा आचार्य, छविरमण सिलवाल, डा. सृजना शर्मा र प्रदीप सापकोटा छन् ।