“मर्नुअघि” उपन्यासको लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास नेपाल च्याप्टरको आयोजनामा अमेरिका निवासी जमुना भट्टराईको नारीवादी उपन्यास मर्नुअघि आज सार्वजनिक भएको छ ।


अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको लोकार्पण समारोहमा अनेसासकी आजीवन सदस्य भट्टराईको उक्त उपन्यासलाई मञ्चासीन अनेसास केन्द्रीय पूर्व अध्यक्ष साहित्यकार पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अनेसास केन्द्रीय महासचिव राजु सिटौला, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, च्याप्टरकी महासचिव रञ्जना निरौला, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, च्याप्टरका सदस्य डिआर राई, डा. शान्तिमाया गिरी, साहित्यकार महेश प्रसाईँ, समालोचक युवराज मैनाली, अनेसासका आजीवन सदस्य लक्ष्मण सिटौला, नमिता बरालले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।


कृतिका सम्पादक तथा आजीवन सदस्य लक्ष्मण सिटौलाले कृतिका बारेमा बोल्दै शुभकामना मन्तव्य दिएका थिए भने अन्य विशिष्ट अतिथिहरु राजु सिटौला, राधेश्याम लेकाली, डा.शान्तिमाया गिरी, युवराज मैनाली, महेश प्रसाईँ आदिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


अनेसास नेपाल च्याप्टरकी महासचिव रञ्जना निरौलाले सञ्चालन गरेको उक्त कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा बोल्दै जमुना भट्टराईको व्यक्तित्व तथा कृतित्वको बारेमा प्रकाश पारेका थिए ।


कार्यक्रममा च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका सभापति राजेन्द्र केसीले छोटो समयमा विशिष्ट श्रेणीको कार्यक्रम भएको कुरा उल्लेख गर्दै साहित्यकार जमुना भट्टराईलाई बधाई तथा शुभकामना मन्तव्यका साथ कार्यक्रमको विसर्जन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्