विजया दशमीको शुभकामना आदान प्रदान गर्दै काव्य गोष्ठी सम्पन्न

काठमाडौं । विजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा काव्य गोष्ठी काठमाडौंको ठमेलमा सम्पन्न भएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम चिस्वहाल गौचर परिवारको सहकार्यमा सम्पन्न भएको हो ।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता एवं वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पवन आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’, तुलसीहरि कोइराला, विमल भौकाजी, मणि लोहनी, श्रीबाबु कार्की, तारा केसी, पूर्ण बहादुर श्रेष्ठ ह्रदयङ्कृत, मधु पाठक, विश्व सिग्देल, बोधराज पौडेल, सुमन सौरभ, ध्रुवराज थापा ‘पुरुष’, दिपक चौलागाई, गंगा थापा, एलिसा ढुंगाना, राजीव श्रेष्ठ, सरस्वती चिमोरिया, छविरमण सिलवाल लगायतका कविहरुले देश, यूगिन चेत, आम मानिसका पीडा, निराशा, विकृति र विसङ्गति विरुद्धका व्यङ्ग्य, पर्यावरण लगायतका विषयमा समेटिएका आ-आफ्ना कविताहरु सुनाए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइराला, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती लगायतले विजया दशमीको शुभकामना दिएका थिए ।
प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाद्वारा सञ्चालित कार्यक्रममा सदस्य पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतले स्वागत मन्तव्य राखेका थिए ।